टेेकराज भुसाल,अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषक सहकारी संस्थाले मौरी पालक किसानलाई माैरी सहित आवश्यक सामाग्री वितरण गरेको छ । मौरी पालक किसानको लागत घटाउँदै धेरै मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले वितरण गरिएको हो ।
बुधबार एक कार्यक्रमका बीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले कृषकहरुलाई माैरी सहित आवश्यक सामाग्री वितरण गर्नुभएको हो।
वितरण गर्दै नगरप्रमुुख झविलाल थापाले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न कृषकलाई आग्रह गर्दै व्यवसायीक रूपमा मौरी पालन किसानलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर सीमित स्रोतका बावजुट कृषककाे ५०% र नगरपालिकाले ५०% अनुदान दिएर माैरी सहित आवश्यक सामाग्री वितरण गरिएको बताउनुभयो।
कार्यक्रममा नगरउपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली, याेजना शााखा प्रमुख हरिश्चन्द्र भुसाल लगायतले बाेल्दै मौरी पालन पेसा सहजै जस्तो भएपनि किसानले चरनको समस्या झेल्ने गरेको बताउनुभयो । मौरी चरनका लागि विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको बताउँदै यसको समाधानका लागि बालीमा कडा खालका विषादी प्रयोग घटाउनुपर्ने जाेड दिनुभएको थियो।
सहकारीमा आबद्ध करिब १ सय कृषकलाई भूमिकास्थान नगरपालिकाकाे ५० प्रतिशत अनुदानमा ७९ वटा मौरीसहितको घार, ४० वटा सुपर सहित माहुरी घार, ४२५ थान मह प्याक गर्ने प्लाष्टिक बट्टा, ३८ थान जाली टाेपी घुम्टी, ५० जाेर पञ्जा, ४८ थान फिडर, ३०० थान लेवलिङ छपाई, स्टयाण्ड लगायतका सामाग्री वितरण गरिएको र वितरणपूर्व किसानलाई दुईदिने तालिम समेत दिएको अध्यक्ष भुवानन्द भुसालले जानकारी दिनुभयो।
अनुदानमा माैरी सहित सामाग्री पाएसँगै मौरीपालक किसानले खुसी व्यक्त गरेका थिए । मौरी पालन व्यवसायलाई थप प्रवर्द्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाइ छ ।
कार्यक्रममा भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष बुद्धि बहादुर थापा, १ का अध्यक्ष गाेपालप्रसाद खनाल, ८ का अध्यक्ष राजकुमार श्रेष्ठ लगायतका जनप्रतिनिधि, कर्मचारी र कृषककाे उपस्थिति रहेको थियो।