निम्बतरु
वन सट ! वन सट!
भैया बोला
फुटपाथमा
´´निम्बु पानी करेला
तिर्खा चट्“
वन सट वन सट
वन सटमा नै सक्काएँ
एकै घुट्कोमा निलिदिएँ
एकै प्रहारमा सक्काएँ
जो दिएको थियो भाग्य
रन्कोले पनि कहिल्यै नछोड्ने भयो जिन्दगीमा !
रौंको गुजुल्टो भन्दा कठिन थियो जिन्दगी निल्नु
रक्सी भन्दा कठिन थियो पिउनु घाम पिउनु
तर एकै सटमा पिइदिएँ खाली पाइला मरुभूमि
प्रेम विभीषण
प्रेम दुर्जेय
विभीषिका व्यवहार
मान्छे अवाक्
जो भाग्य !
खिन्न देखिएको थियो चैतमा गुराँस शीरमै फुल्दापनि
उदास देखिन्थ्यो बगर काखमै बगेपनि नदी
वन सटमै नदी पिइरहेथ्यो बगर
चैतमा एक झमट झरी ।