#निम्बतरु
सुन्दरताको सानो टुक्रा समातेर
ओठमा नै गुलाब भरेकाहरुले पनि
गुराँसको चर्चा गर्न फुर्सद पाए
आँखामा मनग्यै सुन्दरता भरेकाहरुले पनि
अर्को घामको पहिलो किरण छुन खोजे
भन्ने मात्रै हो
पीडाहरुले मन भरिएपछि
झन् सुन्दरता खोज्नुपर्ने हो
पीडा र आँसु भरिएको आँखाले हेर्न मान्दैन
पर लैजाउ फूलहरु भन्दछ
पीडाको खाल्टाबाट निस्कन मन हुदैन क्यारे !
जब तिमीले एक पलक पनि हेरेनौ भने
पहाड गुराँसले सिँगारिएपनि सुन्दर देखिएन
जब तिमीले मलाई पहिलो पल्ट
एक नजर हेरिकी थियौ
त्यतिबेला मलाई आकाश औंधी सुन्दर लागेको थियो
यसरी पहिलो र एकै झल्को नै
सुन्दरताको अनुपम अनुभूति थियो
सुन्दरता यस्तो हो
रुपमा अष्टाव्रक नै भए पनि
अरु कसैले प्रेमपूर्वक भनिदियो भने
सुन्दरता अझ निखारिन्छ
माहुतेले एउटा टिँगारीको भरमा हात्तीलाई डोर्याउँछ
त्यो प्रेमको सुन्दरताले थियो