शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दाेलन थालेकाे १० दिन पुग्याे शिक्षकहरूले आफ्नाे मात्र हित हेरेकाे प्रधानमन्त्री ओलीकाे भनाइ

काठमाण्डाै – शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दोलन थालेको आज १० दिन पुगेको छ । देशभरका शिक्षकले चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शनमा गर्दै आएका हुन् । उनीहरूले लगातार काठमाण्डौको माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।

सरकारसँग संवाद थालनी गरे पनि शिक्षकहरू शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । आन्दोलनरत शिक्षक र सरकारबीच हिजोदेखि वार्ता शुरू भए पनि सहमति हुन सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री विद्या भट्टराई तथा मन्त्रालयका सचिव डा. दीपक काफ्लेसहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीसहितको टोली वार्तामा सहभागी छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेको भन्दै यसले समाधान नदिने बताउनुभएको छ । नेकपा एमालेले आज बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरूले सडकमा गएर प्रदर्शन गर्नुनपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img