बैजनाथमा स्थानीय न्यायिक समितिका लागि अभिमुखिकरण सुरु

कुशल दर्लामी बैजनाथ, बाँके । बैजनाथ गाउँपालिकाको आयोजनामा र कारितास नेपालको सहकार्यमा शुक्रबारदेखि स्थानीय न्याय सम्पादन सम्बन्धी अन्तरपालिका स्तरीय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ।

बैजनाथ–६ स्थित कृष्ण कमल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाको अध्यक्षतामा सम्पन्न भयो। जिल्ला न्यायाधीश माननीय चन्द्र प्रकाश तिवारी प्रमुख अतिथि, गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, र कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा न्याय सम्पादनका विविध पक्षमा अन्तरक्रिया र प्रशिक्षण सत्रहरु सञ्चालन गरिँदैछ।

प्रशिक्षकका रूपमा न्यायाधीश तिवारी र अधिवक्ता कपिलदेव शर्माले प्रशिक्षण दिइरहनुभएको छ। कार्यक्रममा बाँके जिल्लाका स्थानीय तहका न्यायिक समिति संयोजकहरू, कारितास नेपालका प्रादेशिक प्रमुख जनक शर्मा, कार्यक्रम अधिकृत ऋषि शर्मा र हरिभक्त पोख्रेल, स्थानीय प्रहरी प्रमुख धन बहादुर थापा, वडा मेलमिलाप सहजकर्ता, कर्मचारी, तथा न्यायिक समिति सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमको जानकारी दिँदै न्यायिक समिति समन्वय उपशाखा प्रमुख शिला पाठकले स्थानीय तहका न्यायिक समितिहरूको कार्यशैलीमा एकरुपता ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

कार्यक्रम संयोजक उपाध्यक्ष निर्मला रोकायाले, बाँके जिल्लामा पहिलोपटक यस्तो खालको विस्तृत अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै स्थानीय न्यायिक प्रक्रियामा देखिएका समस्याको समाधान, अनुभव आदानप्रदान तथा न्याय सम्पादनमा सहजता ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो।

कारितास नेपालका अधिकृत हरिभक्त पोख्रेलले न्यायिक समितिको प्रभावकारी कार्यसम्पादनका लागि कारितासले सहकार्य गरेको स्पष्ट पार्नुभयो।

कार्यक्रम केही दिनसम्म सञ्चालन हुने र विभिन्न विषयमा कार्यशाला, समूह छलफल तथा व्यवहारिक अभ्यास समावेश गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै