१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

८ महिनामा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार ८ महिना अर्थात् साउनदेखि फागुनसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो ।

यस्तै ८ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १७ हजार ४ सय ३ छ । अघिल्लो वर्षको यही अवधिमा २ लाख ८५ हजार ३ सय ५२ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ८२ हजार ७ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यस्तै विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेर फागुन मसान्तसम्म २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो ।

यस्तै ८ महिनासम्म चालू खाता १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै