१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

अर्जुन बाेङिङ्गकाे वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

टेकराज भुसाल अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा अवस्थित अर्जुन बाेडिङ्ग स्कुलको ३१ औं वार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार सम्पन्न उक्त कार्यक्रमको नेशनल प्याब्सन अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो।

साे अबसरमा बाेल्दै अध्यक्ष केसीले ग्रामीण क्षेत्रमा रहेर पनि अर्जुन बाेडिङ्गले शैक्षिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि शिक्षक, अभिभावक र विद्यार्थीकाे  प्रमुख दायित्व हुने हुदा शिक्षक, अभिभावक र विद्यार्थी बिचकाे सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जाेड दिनुभएको थियो।

कार्यक्रममा नेशनल प्याब्सन अर्घाखाँचीका काेषाध्यक्ष कृष्ण बेलबासे, अभिभावककाे तर्फबाट बाबुराम खनाल, गीता चुदालीलगायतले बाेल्दै विद्यालयकाे थप शैक्षिक र भाैतिक प्रगतिकाे शुभकामना दिनुभएको थियो।

कार्यक्रममा प्रधानाध्यापक बिष्णु शर्माले विद्यालयकाे आर्थिक प्रतिवेदन, कार्यप्रगति र आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो।

साथै आगामी वर्षमा विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षमा अझै सुधार गर्दै लैजाने भावी योजना समेत अभिभावकहरु माझ प्रस्तुत गरिएको थियो ।

अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा समेत देखाएका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रप्रसाद खनालकाे अध्यक्षता, शिक्षक खिमबहादुर राउतकाे संचालन र शिक्षक कमला खनालको स्वागतमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै