अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा रहेकाे कृष्ण माध्यमिक विद्यालयले पाणिनि सम्मेलनमा उपस्थिति जनाउन अनिवार्य निर्देशन गरेको छ ।विद्यालयका प्रअ टेकनारायण गैरेले एक सुचना जारी गर्दै चैत २७ र २८ गते हुने पाणिनि तपाेभुमि सम्मेलनमा सहभागी हुन शिक्षकहरूलाई अनिवार्य उपस्थिति हुन आग्रह गरेका छन् । पाणिनि सम्मेलन एेतिहासिक र महत्त्वपूर्ण हाे, हामी सबै सम्मेलनलाई सम्पन्न गराउँन लाग्नुपर्छ, पाणिनि तपाेभुमिमा उपस्थिति हुने शिक्षककाे पाणिनि तपाेभुमिमै हाजिरी गर्ने व्यवस्था पनि मिलाईएकाे छ ।
पाणिनि गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन परिषद् लुम्बिनी प्रदेश लगाएतका आयाेजक रहेकाे पाणिनि तपाेभुमि सम्मेलनकाे तयारी तिव्र पारिएको हाे । सम्मेलनकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेकाे छ ।