१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

आजदेखि सुरु हुँदै राजमोको काठमाडौँ केन्द्रित आन्दोलन, देशप्रवासबाट कार्यकर्ताहरू काठमाडौँमा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको आयोजनामा सञ्चालन हुने सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन आज २०८१ चैत २४ गते आइतबारदेखि सुरु हुँदैछ ।

देशैभरिका विभिन्न जिल्ला तथा प्रवासबाट समेत काठमाडौँ आएका ठुलो सङ्ख्याका नेताकार्यकर्तामाझ सो आन्दोलन सुरु हुन लागेको हो ।

राजमो केन्द्रीय कार्यालयका अनुसार पूर्व निर्धारित समय दिउसो २ बजे शान्तिवाटिकामा आन्दोलनको उद्घाटन हुनेछ । सो कार्यक्रम सफल पार्न नेताकार्यकर्तालाई १ बजे नै शान्तिवाटिका पुग्न भनिएको छ ।

कार्यक्रमको उद्घाटन राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले गर्नुहुनेछ ।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको अध्यक्षता तथा महासचिव मनोज भट्टको उद्घोषणमा सुरु हुने सो कार्यक्रममा विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधि तथा सङ्घीयताको विरोधमा मत राख्ने व्यक्तित्वहरूले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल पार्न सयौँ कार्यकर्ता काठमाडौँ आइपुगेको तथा अझै ठुलो सङ्ख्यामा नेताकार्यकर्ता बाटोमा नै रहेको राजमोले जनाएको छ ।

भोलि चैत २५ गते चाबहिलमा सभा सम्पन्न हुनेछ । त्यसभन्दा अघि जुलुस प्रदर्शन गरिनेछ । सभाभन्दा अघि वा पछि कोणसभा सम्पन्न गर्ने कार्यक्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै