१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

दोस्रो तानसेन मेला शुक्रबार बाट सुरु

पदम गैरे पाल्पा ।पाल्पाको तानसेनमा कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । मेलाको उद्घाटन गदै नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताउनु भएको छ ।शुक्रबार पाल्पा व्यापार संघले आयोजना गरेको दोस्रो तानसेन महोत्सवलाइ सम्बोधन गर्दै उहाँले संघीयता राज्यको क्षमता भन्दा बढी खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताउनु भएको हो । उहाँले हाम्रो शासन संरचनालाई छरितो बनाएर अगाडि बढ्न सकिने कुरामा उल्लेख गदै जनताले दुख गरेर लामो बलिदान बाट आएको व्यवस्थालाइ नै खारेज गर्ने कुरा जागज नभएको बताउनु भएको छ । नयाँ दललाइ संकेत गदै मन्त्री पौडेलले भन्नु भयो “दलमात्र नयाँ भयो तर उसंग नयाँ कुनै कुरा भएन पुरानै सोच र विचार छ अनी कसरी हुन्छ फरक ।’ मेलाले स्थानीय उत्पादनलाइ पहिलो प्रथामीकता दिनुपर्नेमा सोत जोड दिनुभएको थियो । फरक प्रंसगमा उहाँले पाल्पा अस्पतालको विकासका लागि आफुले १ हप्ता भित्र मन्त्रालयबाट हुन् सक्ने काम गर्ने बताउदै अहिलेको अवस्थामा बिमाले जनताको पूर्ण काम गर्ने नसकेकोले योगदानमा आधारीत बिमालागु गर्ने गरि तयारी गरेको बताउनु भएको छ ।
तानसेन नगरपालिकाको आन्तरिक आम्दानीसंगै पर्यटन, व्यापार, कृषि, रोजगारी , उद्योगको बिकास र बिस्तारलाई केन्द्रित गर्दै महोत्सवको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । महोत्सवबाट तानसेन नगरपालिकाले ९५ लाख बढी राजस्व बचत हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा पहिलो पटक फिस टनेल, औद्योगिक बस्तु तथा सेवाहरुको प्रदर्शनि र पर्वद्द्न, लगानीको अवसर सिर्जना र आकर्षण गर्ने, लघु घरेलु उद्योगको पर्वद्द्न र साना उद्यमी ब्यवसायिलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु साथै पाल्पाली उत्पादनको बजारीकरण र पर्वद्द्न, स्थानीय भाषा, सस्कृतिको जगेर्ना र स्थानीय प्रबिधिलाई प्रोत्साहन साथै बाह्र्य प्रबिधिको पहिचान लगायतका कार्यक्रमहरु रहने पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु बहादुर कार्कीले बताउनुभयो ।महोत्सवले सीप हस्तान्तरण, छोटो अबधिको रोजगार प्रदान, आर्थिक चलायनमान गराउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
महोत्सवमा ३०० बढि स्टल सहित ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान समेत आयोजकले गरेको छ । यस महोत्सवमा ८ करोडको कारोबार हुने छ । महोत्सव स्टलमा प्रवेश गर्नका लागि साधारण टिकट रु. ७५।–, विद्यार्थी रु. ५०।– तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको छ ।
तानसेन नगरपालिकाको मुख्य आयोजनामा तानसेनको टुँडिखेल मैदानमा सुरु भएको दोस्रो महोत्सवमा प्रतिनिधि सभा सदस्य तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरे,प्रदेश सभामुख तुलाराम घर्ति,पुर्वमन्त्री सोम प्रसाद पाण्डे,प्रदेश सभा सदस्य वीरबहादुर राना,राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदी, पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु बहादुर कार्की,उघोग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइ,नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्कीको संचालनमा चलेको थियो । मेला बैशाख ३ गते सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै