१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

मैत्री बहुउद्देश्यीय सहकारी संस्था लि. काे शाखा कार्यालय सन्धिखर्कमा उद्घाटन

हिम लेकाली अर्घाखाँची ।  मैत्रि बहुउद्देश्यीय सहकारी संस्था लि. रेसुङ्गा गुल्मिकाे १० औं शाखा सन्धिखर्कमा बिहिवार उद्घाटन भएकाे छ ।

जिल्ला समन्वय प्रमुख जीवनारायण काेईरालाले पानसमा दिप प्रज्वलन गरेर शाखाकाे समुद्घघाटन गर्नु भएकाे थियाे ।
उहाँले सहकारीले जनताकाे अार्थिक तथा सामाजिक जीवन रूपान्तरण गरि जीवनस्तर उठाउन सहयाेग गरेकाे बताउँनु भयाे । सहकारी पारदर्शी र ब्यबस्थित हुँदै उद्यमशिलता ,ब्यवसायिकता र स्वराेजगार तर्फ उन्मुख हुनु पर्ने बताउनु भयाे । संस्थाकाे ईज्जत् प्रतिष्ठा जाेगाउन खराब कर्जा , सहकारि ठगि गर्ने , गलत काम गर्नेहरू संग सहकारि सन्चालकहरू सचेत रहनु पर्ने सुझाउनु भयाे। उहाँले मैत्रीकाे गर्भिलाे ईतिहाँकाे चर्चा गर्दै सफलताकाे शुभकामना ब्यक्त गर्नु भयाे ।
संस्थाका अध्यक्ष शंकर प्रसाद गाैतमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सन्चालन संस्थाका सचिव हरि प्रसाद पाेख्रेल र स्वागत सह सचिव अाेम कार्कीले गर्नु भएकाे थियाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले सफलताकाे शुभकामना ब्यक्त गर्दै आफु गुल्मी जिल्लामा सहायक सि .डि.अाे . भएर काम गर्दा काे मैत्री संगकाे सम्बन्धकाे चर्चा गर्दै संस्था लाई यहाँ पनि आफ्नाे त्रफबाट साथ सहयाेग रहने बताउनु भयाे ।कार्यक्रममा नेपाल बार यसाेसियसनका अध्यक्ष के.वि . भुसाल ,सन्धिखर्क नगरपालिका १ का अध्यक्ष माधव श्रेष्ठ ,२ का वडा अध्यक्ष माेतीजङ्ग रायमाझी ,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष गणेश खनाल , सूर्याेदय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि .अध्यक्ष शुष्मा श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
संस्थाकाे बिषयमा प्रधान कार्यालयका कार्यकारी अधिकृत अर्जुन प्रसाद आचार्य र अर्घाखाँची शाखा कार्यकारी अधिकृत घनस्याम मरासिनीले प्रकाश पार्नु भएको थियाे ।
यस संस्थाकाे गुल्मी ,रूपन्देही र कपिलवस्तुमा शाखा कार्यालयहरू रहेका छन् ती शाखाहरू संगै अर्घाखाँची खाेलिएकाे सन्धिखर्क शाखा १० अाैं शाखा हाे ।
कार्यक्रममा महिला उद्यमी सहकारी सञ्जाल लुम्बिनी प्रदेश संयाेजक शान्ता पाेख्रेल ,सल्लाहकार दान बहादुर के.सि.भूमि आयाेग अर्घाखाँची विज्ञ सदस्य शम्भु प्रसाद पाेख्रेेल , नेपाल पत्रकार महासंघ प्रदेश काेषाध्यक्ष ,प्रेम आचार्य ,पत्रकार महासंघ अर्घाखाँची काेषाध्यक्ष नवीन के.सि ,सह सचिव बसन्त श्रेष्ठ , बुटवल शाखा संयाेजक डा. गाेकर्णराज पन्थी ,शान्ति कृषि सहकारी संस्थाका नारायण खड्का लगायतकाे अातिथ्य रहेकाे थियाे ।कार्यक्रममा गुल्मी शाखाका कार्यसमिति तथा कर्मचारीहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
सहकारीका माध्यमबाट सदस्यहरूकाे आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउने उद्देश्यका साथ याे संस्था २०५७ सालमा गुल्मि तम्घासमा स्थापना गरिएकाे थियाे । हाल यस संस्थाकाे कार्यक्षेत्र साविक लुम्बिनी अन्चलका गुल्मी ,अर्घाखाँची ,पाल्पा ,रूपन्देही , कपिलवस्तु र पश्चिम नवलपरासी जिल्ला रहेका छन् ।
संस्थाले गुल्मीमा मैत्री यातायात ,डेरि उद्योग ,सहकारी सुपथ मुल्य पसल सन्चालन गरेकाे छ भने जीवन आवास सुरक्षा याेजना,स्वास्थ्य सेवामा छुट ,सहकारी शिक्षा ,वित्तिय साक्षरता ,कृषि शिक्षा तथा तालिमकाे ब्यबस्था गरि सहकारी क्षेत्रमा श्रेष्ठता हाँसिल गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै