४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

नेकपा (एस) अर्घाखाँचीको जिल्ला अधिबेशन बैशाख १३ र १४ गते हुने

हृदय भुसाल अर्घाखाँची । नेकपा एकीकृत समाजबादीको आठौं जिल्ला अधिबेशन बैशाख १३ र १४ गते सन्धिखर्कमा सम्पन्न भएको छ। सनिवार पार्टी कार्यलयमा सन्धिखर्कमा सम्पन्न पार्टी जिल्ला कार्यालयको बैठकले अधिबेशनको मिति तय गरेको पार्टी जिल्ला कमिटी सचीव राम बहादुर चौहानले बताउनु भयो । पार्टी  संगठनको सुदृढीकरण संगै पार्टीको अधिबेशन सन्धिखर्कमा भब्य तबरले सम्पन्न गर्न लागीएको पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बर सारुले बताउनु भयो ।  पार्टीको जिल्ला अधिबेशनमा करिब २ सय ५0 जना प्रतिनिधि जिल्लाका सबै वडा बाट प्रतिनिधि सहभागी हुने पार्टी जिल्ला कमिटी सचीव युवराज पौडेलले बताउनु भयो । जिल्ला अधिबेशन सम्पन्न गर्नका लागी राम बहादुर चौहानको संयोकत्वमा  १ सय ५१ सदस्य मुल ब्यबस्थापन समिति गठन भएको छ । त्यस्तै अधिबेशन सप्पन्न गर्न विभिन्न उपसमिति हरु समेत गठन भएको छ ।  पिताम्बर सारुको संयोजकत्वमा ५ सदस्य आर्थिक ब्यबस्थापन उपसमिति, राम बहादुर चौहानको संयोजकत्वमा राजनीति तथा सागठनीक तयार प्रतिनिधि समिति, युबराज पौडेलको संयोजकत्व अथिती ब्यबस्थापन तथा यातायात ब्यबस्थापन  दिनामणि बेल्वासे संयोकत्वमा आर्थिक प्रतिबेदन उपसमिति, हृदय भुसालको संयोजकत्वमा प्रतिनिधि ब्यबस्थापन समिति,नारायण शर्माको संयोजकत्वमा प्रचार प्रचार सामाग्री ब्यबस्थापन समिति,नारायण भुसालको संयोजकत्वमा खाध्य तथा आवास ब्यबस्थापन उपसमिति लगायतका विभिन्न समितिहरु निर्माण गरि अधिबेशनको तयार अगाडि बढेको पार्टी उपसचीव नारायण शर्माले बताउनु भयो । बैठक पार्टी अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज,पिताम्बर सारुको प्रमुख आतित्यता तथा युबराज पौडेलको संचालनमा बैठक सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै