१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

झ्याल

#निम्बतरु

यदि मेरो नजर झुठो होइन भने
अर्घा दरबारको उपल्लो तलामा आँखी झ्याल छ
राजा कतै जान्थे
रानी त्यही झ्यालमा आएर मुस्काउँथिन्
राजा कतैबाट दरबार फर्किन्थे
पदचाप सुनेर रानी त्यही झ्यालमा आइपुग्थिन्
फेरि मुस्काउँथिन्
हावाको सर्सराहट हुँदा पनि
कुनै पतिंगर उडी आउँदापनि
रानी चनाखो भएजस्तै चारतर्फ हेर्थिन
आँखीझ्यालमा जस्ता बुट्टा थिए कलात्मक
त्यस्तै मुस्कान
जस्ता सुन्दर थिए
त्यस्तै कोमलता
राजा पनि त्यसैलाई अन्तिम गन्तव्य मान्थे शायद
एउटा ढुक्कको श्वास फेरेर तृप्त हुन्थे

मेरो घरमा पनि एउटा अलग्गै झ्याल थियो
जब बाउ मेला जान्थे
मेलाबाट फर्किन्थे
आमाले उसैगरी मायालु नजरले हेर्थिन
त्यही झ्यालबाट
खाजा खानेबेला भयो कि
आमाले बाउ भएको मेलासम्म सुन्नेगरि बोलाउथे
प्रेमाग्रहका साथ
सद्भावका साथ बोलाउदा
चराहरु पनि उत्साहले उड्थे
चौपाया पनि खुशीले आत्मीय ध्वनि प्रकट गर्थे

त्यो झ्याल थियो प्रेम थियो
आँखीझ्याल मुस्कान थियो
झ्यालबाट परसम्म गइरहेको आइरहेको हेर्थिन
कहिलेकाहीँ
शुन्यतामा पनि मधुर आवाज आयो भने
आमाको मन खुशीले झङ्कृत हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै