हृदय भुसाल अर्घाखाँची । रास्ट्रिय स्वतन्त्र पार्टीको सनिवार नुवाकोटको पोखेडाडामा सम्पन्न नगर भेलाले भेलाले डिलबहादुर थापा (बिन्दु) काे सभापतित्वमा भुमिकास्थान नगर समिति गठन गरेकाे छ ।
समितिकाे उपसभापतिमा विष्णुप्रसाद भुसाल, सचिवमा भूमिका खत्री, काेषाध्यक्षमा सन्ताेषी भारती निर्वाचित हुनुभएकाे छ ।
त्यस्तै सदस्यहरुमा अनिता भुसाल, मिना भुसाल, राम बहादुर परियार, लिला मगर, बाबुराम भुसाल र उज्वल बन्जाडे निर्वाचित हुनुभएकाे छ ।
जिल्ला सभापति हरिप्रसाद भुसालले उद्घाटन गरेकाे नगर भेलामा जिल्ला उपसभापति कमल प्रसाद मरासिनी, जिल्ला सदस्य रामप्रसाद पाेख्रेल, नारायण पाैडेल, सन्धिखर्क सभापति प्रकाशचन्द्र आचार्य, शितगंगा सभापति कमल पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे । उत्साहका साथ पार्टी काममा लाग्न आग्रह गर्दै जिल्ला पार्टी सभापति हरि भुसालले हाम्रो पार्टी माथी जति नै घेराबन्दी भए पनि जनताले बुझीसकेकोले एक दिन बिजय निश्चित भएको बताउनु भयो ।
भेला जिल्ला संगठन विभागका प्रमुख तथा नगरका संस्थापक संयाेजक चिरन्जिवि पन्थीकाे अध्यक्षता र उमेश बन्जाडेकाे संचालनमा सम्पन्न भएकाे जिल्ला सभापति हरि भुसालले जानकारी दिनु भयो ।