बैजनाथ ४ वडा बाट भूमिहीनलाई निस्सा वितरण सुरु

कुशल दर्लामी । बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण कार्यक्रम सुरु गरेको छ। बुधबार वडा नं. ४ का अध्यक्ष प्रेम बहादुर शाहीको अध्यक्षतामा वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले निस्सा बितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो।

उक्त कार्यक्रममा उपाध्यक्ष निर्मला रोकाय, राष्ट्रिय भूमि आयोग बाँके जिल्ला सदस्य केशब कुमार शाह, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, वडा नं. ४ का अध्यक्ष प्रेम बहादुर शाही लगायत स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र स्थानीयहरूको सहभागिता रहेको वडा सचिव तिलक खत्रीका अनुसार, वडा नं. ४ मा कुल १,३१७ जना स्थानीयलाई निस्सा वितरण गरिने भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ अध्यक्ष प्रकाश शाहीले बैजनाथ गाउँपालिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पक्षमा रहेको बताउनुभयो। उहाँले निर्वाचनमा गरेका वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “हामीले चुनावमा गरेका वाचा पूरा गरेका छौँ उहाँले बताउनुभयो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगले विभिन्न नियमावली तथा कार्यविधिहरू तयार पारेको छ। यसमा ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, २०८१’ र ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८१’ लगायतका नियमावलीहरू रहेका छन्।

यसका साथै, ‘भूमि सम्बन्धी नियमहरू, २०२१’ ले भूमिसम्बन्धी व्यवस्थापन र वितरण प्रक्रियालाई स्पष्ट पारेको छ।यी नियमावली र कार्यविधिहरूले भूमिहीन तथा सुकुम्बासीहरूको पहिचान, प्रमाणीकरण, जग्गा उपलब्ध गराउने प्रक्रिया तथा व्यवस्थापनका लागि मार्गनिर्देशन प्रदान गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img