
टेकराज भुसाल अर्घाखाँची। अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ कुमलडाडामा आगलागी भएको छ। आगलागीबाट एउटा गाेठ जलेर क्षति भएको छ।
आगलागीबाट स्थानीय सावित्रा भुसालकाे गाेठमा क्षति पुगेकाे ढाकावाङ्ग प्रहरी चाैकीले जनाएको छ।
मंगलबार बिहान भैसीलाई पानी तताएकाे आगाे गाेठमा ८ बजेकाे समयमा सल्किएकाे थियो। आगाे प्रहरी र स्थानीयको सक्रियतामा बिहान ११ बजे नियन्त्रणमा लिइएको थियो ।
भुसालको गाेठमा स्थानीय टाेपबहादुर बिकले भाेगचलन गर्दै आएको थिए।