
हृदय भुसाल अर्घाखाँची । नेकपा एकीकृत समाजबादी अर्घाखाँची काठमाडौँ सम्पर्क मन्च बृहत् बनभोज कार्यक्रम त्रिभुवनपार्क थानकोट काठमाडौमा सम्पन्न भएको छ । अर्घाखाँची जिल्लाका विभिन्न पालिकामा घर भैई पेशा ब्यबसाय र अध्ययनको लागी काठमाडौ बस्दै आएका नेकपा एसमा आबद्ध करिब २ सय जनाको बनभोज कार्यक्रममा सहभागी भएको अध्यक्ष टक चौहान बताए । बनभोज कार्यक्रममा नेकपा एसका पोलिटब्युरो सदस्य मोहन गौतम, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहईन्चार्ज सुशिल भट्टराई, केन्द्रीय लेखा आयोग सदस्य सुनिता भुसाल बेल्बासे, उपत्यका विशेष प्रदेश कमिटि उपसचिव जमुना सोनम, जिल्ला कमिटि उपसचिव नारायण शर्मा लगायत नेताहरुको सहभागीले थप उर्जा मिलेको मंचका उपाध्यक्ष सुभाष भट्टराईले बताए । उक्त बृहत बनभोज कार्यक्रममा बहुचर्चित कलाकार राजु सोनम, कलाकार सुमन थापा, सनु रास्कोटी, मोडल तथा डान्सर विना विश्वकर्माले आआफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा कुर्चिदौड प्रतियोगिता पनि राखिएको सम्पर्क मन्चका सहसचिव विशाल पौडेलले जानकारी दिए । बनभोज कार्यक्रमको उपस्थितले पार्टीमा नयाँ पुस्ताको आकर्षण देखीएको पार्टी पोलिटब्यरो सदस्य मोहन गौतमले बताए । बनभोज कार्यक्रमले पार्टीको अबस्था कमजोर छ भन्नेहरुलाई झड्का दिन सफल भएको पार्टी केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज सुशील भट्टराईले बताए । आजको बनभोजको उपस्थितिले जिल्लाको संगठन निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरि नेकपा एस अर्घाखाँचीका उपसचीव नारायण शर्माले बताए । सनिवार थानकोटमा भएको बनभोज कार्यक्रम निकै रमाइलो र उत्साहजनको भएको सहभागी हरुले बताए ।