४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

भारतको दिल्लीमा भाजपालाई दुई तिहाई बहुमत

Workplace

भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । सत्तारुढ आम आदमी पार्टीले २२ सीट जितेको भारतीय निर्वाचन आयोगले जनाएको छ । चुनावमा आम आद्मी पार्टीका प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित हुनुभएको छ ।

केजरीवाल भाजपाका प्रवेश बर्मासँग चार हजार ८९ मतान्तरले पराजित हुनुभएको हो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । जीतसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने दिल्लीमा कुनै पनि सिट जित्न सकेन ।

यस अघि सन् २०२० को दिल्ली विधानसभा चुनावमा आम आद्मी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेका थिए । आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले हार स्वीकार गर्दै भाजपालाई बधाइ दिनुभएको छ ।

देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको चुनावलाई भाजपा र सत्तारुढ आम आद्मी पार्टीले प्रतिष्ठाको विषय बनाएका थिए । कल्याणकारी मुद्दा उठाएको केजरीवालको पार्टीले सन् २०१३ यता दिल्लीमा सरकार चलाइरहेको थियो । तर पछिल्लो समय केजरीवालसहित उहाँको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै