आगलागीबाट अति आवश्यक कागजपत्रमा क्षति नभएको खानेपानी मन्त्री यादवको दाबी

काठमाण्डौ – आज बिहान सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा भएको आगलागीबाट खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेको छ ।

मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ । खानेपानी मन्त्री यादवले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का रहेको बताउनुभयो ।

हिजो शुक्रवार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको समेत उहाँले जानकारी दिनुभएको छ ।

कोठामा रहेका दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट लगायतको क्षति भएको छ । तर अति आवश्यक कागजपत्रमा भने कुनै क्षति नभएको मन्त्री यादवको दाबी छ ।

खानेपानी मन्त्रालयमा पुग्नुभएका उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताउनु भयो । उहाँले पनि ठूलो क्षति हुनबाट जोगिएको बताउनुभएको छ ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी १५ मिनेटमै नियन्त्रणमा आएको जानकारी दिनुभयो । थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै