४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

अर्घाखाँची अस्पतालमा असाय महिलाको थप उपचारमा समस्या

Workplace

हृदय भुसाल अर्घाखाँची । पैसा र आफन्त दुबै नहुनेहरु साच्चिकै अब उपचार नपाईने नै हो ? पाउने भए  कस्ले कसरी गर्ने हो ? असायले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता कहिले सम्म रहन्छ? यस्ता समस्या र सार्बजनिक प्रश्नको जबाफ कहिले र कस्ले दिने हो? राज्यले स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने दिन कहिले आउछ ? आम नागरिकका  स्वास्थ्य  समस्या प्रति सरकार सारथि र जबाफदेखि कहिले  होला ? स्वास्थ्य जस्तो निकै सबेदनशिल बिषयमा आम सरोकारवालाको ध्यान अझै पनि पुग्न सकेको छैन् । बिगत लामो  समयदेखी बिरामी परेकी सन्धिखर्क नगरपालिका वडा न २ निवासी असाय सकुन्ताला मुखियाको अर्घाखाँची अस्पतालमा उपचार भैईरहेको अर्घाखाँची अस्पतालले जनाएको छ । ५१ बर्षकि मुखिया बिरामी परेपोछी छिमेकी दाजु भाईले अर्घाखाँची अस्पतालमा ल्याई उपचार गरिरहेको जिल्ला अस्पतालले जनाएको छ । उनका श्रीमानको  तीन चार बर्ष अगाडी मृत्यु भएको सन्धिखर्क नगरपालिका वडा न २ का वडा सदस्य खिम बहादुर मुखियाले बताए । वडा सदस्य मुखियाका अनुसार  सोही ठाउँका बसन्त बहादुर कुमालले सकुन्तला मुखियालाई भारत बाट दोस्रो बिबाह गरि ल्याएका थिए । बसन्त कुमालका पहिलो श्रीमति तिर दुई छोरा एक छोरी भए पनि पोछिल्लो श्रीमती संघ बच्चा नभएको  र  श्रीमानको मृत्यु हुँदा  समस्या भएको उनले बताए । मुखियाले  बाच्नका लागी दैनिकी बजारमै कोठा लियर काम गर्ने बस्ने गर्दै आएको थिईन । बिगत आठ दिन देखी अर्घाखाँची अस्पतालमा  नि:शुल्क उपचार भैईरहेको बिरामीको अबस्था निकै कमजोर र अन्तिम भएकोले यहाँ सबै उपचार सम्भव नभएकोले थप उपचारका लागी बाहिर पठाउनु पर्ने अबस्था रहेको  अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारीले बताए । असाय सकुन्तलाको  कोहि आफन्तहरु नहुदा उपचारमा समस्या भएको र  थप उपचारका लागी बाहिर पठाउनका लागी आफन्त र पैसाको समस्या हुँदा धेरै समस्या आएको  जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी अशोक चौहानले बताए । पटक पटक आफन्त र छिमेकीहरुलाई जानकारी गराउदा समेत कसैले वास्ता नगरेको हुँदा  सम्बन्धि निकाएको ध्यान जानु पर्ने अस्पतालले जनाएको छ।  ब्यबस्था परिवर्तन भएपनि नागरिकको अवस्था भने अझै पनि परिवर्तन हुन सकेको छैन् । राज्यले नागरिकका आधारभुत आबश्यताको ग्यारेन्टी गर्ने भनी कानुनी ब्यबस्था गरे पनि  व्यबहारमा भने अहिले सम्म लागु हुन सकेको छैन् । पैसा नहुने असाय नागरिकले अब पैसा नभएकै कारण ज्यान गुमाउनु पर्ने अबस्था कहिले सम्म हुन्छ सरकार सम्बन्धित निकाएको ध्यान पुगोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (75%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै