हृदय भुसाल अर्घाखाँची । पैसा र आफन्त दुबै नहुनेहरु साच्चिकै अब उपचार नपाईने नै हो ? पाउने भए कस्ले कसरी गर्ने हो ? असायले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता कहिले सम्म रहन्छ? यस्ता समस्या र सार्बजनिक प्रश्नको जबाफ कहिले र कस्ले दिने हो? राज्यले स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने दिन कहिले आउछ ? आम नागरिकका स्वास्थ्य समस्या प्रति सरकार सारथि र जबाफदेखि कहिले होला ? स्वास्थ्य जस्तो निकै सबेदनशिल बिषयमा आम सरोकारवालाको ध्यान अझै पनि पुग्न सकेको छैन् । बिगत लामो समयदेखी बिरामी परेकी सन्धिखर्क नगरपालिका वडा न २ निवासी असाय सकुन्ताला मुखियाको अर्घाखाँची अस्पतालमा उपचार भैईरहेको अर्घाखाँची अस्पतालले जनाएको छ । ५१ बर्षकि मुखिया बिरामी परेपोछी छिमेकी दाजु भाईले अर्घाखाँची अस्पतालमा ल्याई उपचार गरिरहेको जिल्ला अस्पतालले जनाएको छ । उनका श्रीमानको तीन चार बर्ष अगाडी मृत्यु भएको सन्धिखर्क नगरपालिका वडा न २ का वडा सदस्य खिम बहादुर मुखियाले बताए । वडा सदस्य मुखियाका अनुसार सोही ठाउँका बसन्त बहादुर कुमालले सकुन्तला मुखियालाई भारत बाट दोस्रो बिबाह गरि ल्याएका थिए । बसन्त कुमालका पहिलो श्रीमति तिर दुई छोरा एक छोरी भए पनि पोछिल्लो श्रीमती संघ बच्चा नभएको र श्रीमानको मृत्यु हुँदा समस्या भएको उनले बताए । मुखियाले बाच्नका लागी दैनिकी बजारमै कोठा लियर काम गर्ने बस्ने गर्दै आएको थिईन । बिगत आठ दिन देखी अर्घाखाँची अस्पतालमा नि:शुल्क उपचार भैईरहेको बिरामीको अबस्था निकै कमजोर र अन्तिम भएकोले यहाँ सबै उपचार सम्भव नभएकोले थप उपचारका लागी बाहिर पठाउनु पर्ने अबस्था रहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारीले बताए । असाय सकुन्तलाको कोहि आफन्तहरु नहुदा उपचारमा समस्या भएको र थप उपचारका लागी बाहिर पठाउनका लागी आफन्त र पैसाको समस्या हुँदा धेरै समस्या आएको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी अशोक चौहानले बताए । पटक पटक आफन्त र छिमेकीहरुलाई जानकारी गराउदा समेत कसैले वास्ता नगरेको हुँदा सम्बन्धि निकाएको ध्यान जानु पर्ने अस्पतालले जनाएको छ। ब्यबस्था परिवर्तन भएपनि नागरिकको अवस्था भने अझै पनि परिवर्तन हुन सकेको छैन् । राज्यले नागरिकका आधारभुत आबश्यताको ग्यारेन्टी गर्ने भनी कानुनी ब्यबस्था गरे पनि व्यबहारमा भने अहिले सम्म लागु हुन सकेको छैन् । पैसा नहुने असाय नागरिकले अब पैसा नभएकै कारण ज्यान गुमाउनु पर्ने अबस्था कहिले सम्म हुन्छ सरकार सम्बन्धित निकाएको ध्यान पुगोस्
अर्घाखाँची अस्पतालमा असाय महिलाको थप उपचारमा समस्या
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)

























