४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

पक्षघात उपचारका लागि औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय

Workplace

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

पोखरामा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले हरेक वर्ष झन्डै आठ सय जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने बताउनुभयो ।

रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने सङ्ख्या बढेको मन्त्रालयको विवरणमा छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । यो औषधिको एउटा मात्राको मूल्य नेपालमा झन्डै १ लाख ३८ हजार रुपैयाँ पर्ने र सहजै उपलब्ध नहुने भएकाले औषधि नपाएकै कारण धेरैको ज्यान गइरहेकाले मन्त्रालयले यस औषधिको प्राप्ति र सहज उपलब्ध गराउन पहल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै