८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

अण्डाको भाउ अहिलेसम्मकै उच्च

Workplace

चितवन – लेयर्स कुखुरापालक किसानले अण्डाको भाउ अहिलेसम्मकै उच्च पाएका छन् । आजदेखि लागू हुनेगरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी अर्थात् ७ क्रेटको ३ हजार ६ सय रुपैयाँ र मझौलाको ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष बिनोद पोखरेलका अनुसार किसानले मूल्य बढेसँगै लागत मूल्य पाउने भएका छन् । पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल–कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले भाउ पनि बढेको हो ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । खुद्रा उपभोक्ता मूल्य अब प्रतिगोटा २२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

किसानको फार्ममा बूढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उहाँको भनाइ छ । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका उहाँले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै