८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

विश्वमा उडिरहेका विमानमा हुने चाेरीका घटना बढ्दै

Workplace

उडिरहेका विमानमा चोरीका घटना हुने क्रम बढेको छ । दुई हप्ताअघि मलेसियाको पेनाङबाट क्वलालम्पुरको उडानका क्रममा पाँच हजार पाँच सय मलेसियन रिङ्गगिट चोरेको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरूलाई मलेसियाको एक अदालतले पाँच हजार सात सय मलेसियन रिङ्गगिट जरीवाना गरेको छ ।

व्यावसायिक उडानमा हुने चोरीका घटनाको याे पछिल्लो शृङ्खला रहेको सञ्चारमाध्यम द डेली स्टारले जनाएको छ । यस्ता चोरीका घटना धेरै हुने गरेका र कतिपयको उजुरीसमेत नहुने गरेको खबरमा उल्लेख छ ।

गएको डिसेम्बर ४ मा हङकङ सुरक्षा प्रमुखले सन् २०२४ मा हङकङ जाने विमानमा चोरी झन्डै दोब्बरले बढेको बताउनुभएको थियो । हङकङको सरकारी तथ्याङ्कअनुसार सन् २०२४ को पहिलो १० महिनामा उडिरहेको विमानमा भएका चोरी सम्बन्धित एक सय ६९ वटा उजुरी दर्ता भएका छन् । विमानमा रकमसहित महँगो गहना, घडी, क्रेडिट कार्डलगायत चोरी हुने गरेका छन् ।

एक व्यावसायिक विमानका पाइलटले केही व्यक्ति मिलेर चोरी गर्ने र चोरिएको सामान शौचालयमा पुगेर अर्को साथीलाई दिने गरेका कारण पक्राउ गर्न कठिन हुने बताएका द डेली स्टारले उल्लेख गरेको छ ।

केही विमान कम्पनीहरूले उडानका क्रममा चोरीको घटना हुन सक्ने भन्दै यात्रुलाई आफ्नो सामानप्रति ध्यान राख्न र उडानका क्रममा सिट परिवर्तन नगर्न आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै