८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

टिकटकले गरेको अपिल अमेरिकाको संघीय अदालतबाट खारेज

Workplace

अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने वा अमेरिकी कम्पनीलाई बिक्री गर्नेसम्बन्धी अमेरिकी कानूनविरुद्ध सामाजिक सञ्जाल टिकटकले गरेको अपिल संघीय अदालतले खारेज गरेको छ ।

भिडियो एप्लिकेसन टिकटकको सञ्चालक कम्पनी बाइटडान्सले अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भन्दै अमेरिकी कानूनको विरुद्ध अमेरिकाको संघीय अदालतमा अपिल गरेको थियो । तर अदालतले टिकटकको अपिल अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

अब चिनिया कम्पनीले अर्को वर्ष भित्र टिकटकसम्बन्धी अमेरिकामा हुने कामको अधिकार अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्छ । नत्र अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन सक्छ । टिकटकले अब सर्वोच्च अदालतमा याचिका दायर गर्ने बताएको छ ।

टिकटकको मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिकाले टिकटकबाट अमेरिकी नागरिकको सूचना चोरी हुन सक्ने आशँका गरेको छ । तर बाइटडान्सले यो आरोपलाई अस्वीकार गर्दै आएको छ । चर्चासँग विवादमासमेत परिरहने टिकटक भारतमा पनि प्रतिबन्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै