२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

आगलागी नियन्त्रणको लागि घुस्यान र झाडी सफाई गरि मलखाद बनाउने तयारीमा भूमिकास्थान

Workplace

गोपाल प्रसाद भट्टराई अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरप्रमुख झविलाल थापाले आगलागी नियन्त्रणको
लागि घुस्यान र झाडी सफाई गरि मलखाद बनाउने कार्यक्रम अगाडि सारेको
बताउनुभएको छ । विगतका बर्षहरुमा आगलागी र डढेलोले ठुलो नोक्सानी गरेको
भन्दै नगरप्रमुख थापाले यसबर्षदेखि जंगल र खरबारीको झाडि÷घुस्याहान सफा
गरि मलखाद बनाउने र आगलागि नियन्त्रण गर्ने कार्यक्रम ल्याइएको
बताउनुभएको हो ।
बुधबार भूमिकास्थान–५ र ६ को संगम स्थल जनप्रिय मा.वि.असुरकोटमा सम्पन्न
चालु आर्थिक बर्ष २०८१÷०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो जानकारी गराउनुभएको हो ।
सडक र भवन निर्माण मात्रैले भूमिकास्थान समृद्ध हुन नसक्ने भन्दै
नगरप्रमुख थापाले चौतर्फि विकासमा पालिकाको सिंगो टिम लागि परेको जिकिर
गर्नुभएको छ । भूमिकास्थानले संचालन गरेका कर्मशिल जनशक्ति परिचालन
कार्यक्रम, पढ्दै कमाउँदै रमाउँदै विद्यालय कार्यक्रम र व्यवसायिक कृषि,
उद्योग र पर्यटन जस्ता महत्वपूर्ण कार्यक्रममा जोडिन आम नागरिकलाई नगर
प्रमुख थापाको अपिल छ ।
भूमिकास्थान नगर–उपप्रमुख बालकृष्ण बन्जाडेले भ्रष्टाचारलाई शुन्य
बनाउँदै समृद्ध नगर विकासको अभियानमा आफुहरु रहेको बताउनुभएको छ । आफुहरु
निस्वार्थ रुपमा नगरको विकासमा जुटेको भन्दै उहाँले कमजोरी भए सुझाव दिन
र पालिकाको विकासमा हातमालो गर्न नागरिकहरुलाई आग्रह गनुभएको छ ।
प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले कर्मशिल जनशक्ति परिचालन
कार्यक्रम नेपालकै नमुना कार्यक्रम भएको दाबी गर्दै आन्तारिक आम्दानी
वृद्धिमा यो कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । शुसासन
र पार्दशिता कायम राख्दै नागरिकलाई सहज सेवा प्रवाह आफुहरुको पहिलो शर्त
हुने भन्दै प्रमुख प्रशासकिय अधिकृत नेपालीले कर्मचारीको तर्फबाट
नगरविकासमा कुनै कमि नराख्ने वचन दिनुभएको छ ।
कार्यक्रममा योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसालले चालु आर्थिक वर्षको ४
महिनामा भएका प्रगतिलाई बुँदागत प्रस्तुत गर्नु भएको छ । उहाँका अनुसार
चार महिनामा भूमिकास्थानले समग्रमा १६ प्रतिशत वित्तिय प्रगति हाँसिल
गरेको छ ।
नियमित सेवा प्रवाह बाहेक कर्मशिल जनशक्ति परिचालन अन्तरगत बाँझो जग्गा
उपयोग गरि रैथाने बाली तथा व्यवसायिक उत्पादन, रोजगारी सिर्जना,
व्यवसायिक खेतीको सुरुवात, मकैको पोस्कर, बाँस र हस्तकलाबाट टोपी, झोला
जस्ता विभिन्न सामाग्री निर्माण भई बजारिकरण हुनु, योजना सम्झौता भइ
कार्यान्वयनको चरणमा जानुलाई नगरपालिकाले प्रगति मानेको छ ।
योजना शाखा प्रमुख भुसालका अनुसार पालिकाका अन्य प्रगतिमा महत्वपूर्ण सडक
विस्तार एवम् कालोपत्रेको काम हुनु, व्यवसायिक पर्यटन विकासमा कामको
थालनी हुनु, आवधिक योजना कार्यान्वयन, शिक्षा र स्वास्थ्यको सेवालाई
गुणस्तरिय बनाउन क्रियाशिल रहनु लगायतका रहेका छन् ।
नयाँ मिडिया प्रा.लि.को सहजीरकणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा
भुमिकास्थान– ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, भूमिकास्थान– ६ का
वडाध्यक्ष प्रेमनारायण वेल्बासे, स्वास्थ्यशाखा प्रमुख शुरेस गैरे,
कृषिशाखा प्रमुख रामबहादुर थापा, लेखा अधिकृत जुना पाण्डे, इन्जिनियर शरद
पोख्रेल, पशुसेवा प्राविधिक बलराम खनाल, शिक्षा प्राविधिक सहायक नविन
खड्का लगायतले उठेका सवालको जवाफ दिनुभएको थियो ।
कार्यक्रमका सहभागिले शिक्षा, स्वास्थ्य र कृषिको सेवालाई गुणस्तरिय र
व्यवसायिक बनाई बसाइसराईलाई रोक्नुपर्ने, पालिकाबाट बजार अनुगमनलाई
नियमित र प्रभावकारी गरिनुपर्ने, कृषिलाई व्यवसायिक बनाउन बजारिकरण
सहितका सहयोग गर्नुपर्ने, विकासमा समानता भन्दापनि समतामुखि हुनुपर्ने
लगायतका माग राखेका छन् ।
कार्यक्रममा भूमिकास्थान ५ र ६ बाट प्रतिनिधित्व गर्ने राजनितिक दल,
कार्यपालिका सदस्य, वडा सदस्य, खिल्जी र असुरकोट स्वास्थ्यचौकी र खिल्जी
प्रहरीचौकीका प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थि, शिक्षक,
वि.व्य.स., स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका, टोलविकास
संस्था, उपभोक्ता समिति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै