संगठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्र लगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गरेकोमा फिर्ता भएका थिए ।
अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नदिइ जापान पुगेका थिए । यो प्रकरणमा अरू तीन जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुले लाखौँ रकम बुझाएको बयान दिएका छन् । कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । तर अधिकारीमाथि छानविन नभएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।
आलोचनापछि हिजो शनिवार मात्रै पार्टीले अधिकारीलाई सदस्यबाट निलम्बन गरेको छ । नेकपा एमालेको कोशी प्रदेश कमिटिका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ती निकालेर अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुङ्गो नलाग्दासम्म सङ्गठीत सदस्यबाट निलम्बन गरिएको उल्लेख गर्नुभएको