अमेरिकी राष्ट्रपति चुनावका उम्मेदवारले मतदाताहरुलाई प्रचारको समापन सन्देशहरु पठाउँदै

अमेरिकी राष्ट्रपति चुनावका दुई जना उम्मेदवारहरु चुनावी प्रचारको अन्तिम दिन आज मतदाताहरुलाई समापन सन्देशहरु पठाइरहेका छन् ।

भोलि हुन लागेको चुनावको अन्तिम दिन आज रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मतादातहरुलाई सन्देश पठाइरहेका बीबीसीले जनाएको छ ।

अहिले उनीहरु प्रमुख राज्यहरुमा अभियान सञ्चालन गर्न व्यस्त छन् । ह्यारिसले आज पेन्सिल्भेनियामा चुनाव प्रचार गर्ने र ट्रम्प उत्तरी क्यारोलिना, पेन्सिलभेनिया र मिशिगनमा जाने बीबीसीको खबरमा उल्लेख छ ।

बीबीसीले आफ्नो लेखमा अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमै यस पटक दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको उल्लेख गरेको छ । पछिल्ला चुनावी सर्वेक्षणमा कमलाले ४८ र ट्रम्पले ४७ प्रतिशत मत पाउने देखिएको छ । पाँच प्रतिशत मतदाता अनिर्णित छन् ।

अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचकमण्डलमा आधारित छ । अमेरिकाका ५० राज्यका लागि जनसङ्ख्याका आधारमा कुल ५ सय ३८ इलेक्टोरल तय गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २ सय ७० मत आवश्यक पर्छ । ५० राज्यमध्ये धेरैजसो राज्यले परम्परागत रूपमा राष्ट्रपतीय चुनावमा प्रायः एउटै पार्टीलाई जिताउने गर्छन् । सात वटा राज्यमा दुई जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको छ ।

यस्तै भोलि नै हुने चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै ४ सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img