१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

पाल्पामा नयाँ प्रजिअ सुबेदि

Workplace

पदम गैरे पाल्पा। पाल्पामा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा तोय नारायण सुवेदी आउनुभएको छ । जिल्लामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आउनुभएका सुवेदीले शान्ति सुरक्षा, विकास निर्माण र सुशासनका क्षेत्रमा प्रभावकारी काम गर्नका लागि जिल्लामा क्रियाशील राजनीतिक दल, सरकारी कार्यालयसहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग परिचयात्मक कार्यक्रम गरी सुझाव संकलन गर्नुभएको छ ।

यसैबीच बुधबार प्रजिअ सुवेदीले पाल्पाली पत्रकारहरुसंग परिचयात्मक भेटघाट गर्नुभएको छ । सो अवसरमा उहाँले आफू भन्दा अगाडिका प्रमुख जिल्ला अधिकारीहरुले सुरु गर्नुभएको असल अभ्यासलाई निरन्तरता दिएर नयाँ केही थप काम गर्ने बताउनुभयो । प्रजिअ सुवेदीले आफूले सधै मिडियामैत्री भएर काम गर्ने बताउर्दै काम गर्ने दौरानमा केही कमजोरीहरु भेटिए तत्काल जानकारी गराएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारहरुले सधै क्रियटिभ र क्रिटिकल विषय उठान गर्ने भएकोले जिल्लाको विकास र सुशासन कायम गर्ने विषयमा सघाउन समेत आग्रह गर्नुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले अन्य जिल्लाको तुलनामा जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवा प्रवाह राम्रो भएको बताउनुभयो । उहाँले शान्ति सुरक्षाका हिसावले सामान्य रहेको जिल्लामा सुशासनका क्षेत्रमा ध्यान दिएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । पछिल्लो समय सरकारी कार्यालयबाट सूचना प्राप्त गर्न कठिन भएको, कार्यक्रम र प्रगति सार्वजनिक नगर्ने परिपाटी बढ्दो रहेकोले यस विषयमा गम्भीर हुनुपर्ने अध्यक्ष राना रानाको भनाइ छ ।

कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लामा टिपर आतंक रहेको, सरकारी सवारीसाधनको दुरुपयोग बढ्दो रहेको, सार्वजनिक सवारी साधनको भाडा मनपरी लिने गरेको, दुद्य, मासुलगायतका बस्तुमा मनोमानी मूल्य वृद्धि गर्ने गरेको, विद्युत अनियमितता, मालपोत कार्यालयमा सेवाग्राहीले सास्ती खेप्नु परेको, बजार अनुगमन प्रभावकारी नभएको, सरकारी कार्यालय मिडियामैत्री नभएको र कार्यालयको अनुगमन नियमित हुनुपर्नेलगायतका विषयहरु सुझावका रुपमा राखेका थिए । सुझाव लिएपछि प्रजिअ सुवेदीले समस्या रहेको क्षत्रेसंगको छलफल पछि समस्या पहिचान गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै