
१२ जना मृतकको पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारण वितरण गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । सरकारले प्रति मृतक दुई लाख रुपैयाँका दरले रकम वितरण गरेको हो । काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाण्डौका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका सात÷सात जना मृतक परिवारले राहत पाएका छन् ।
त्यस्तै सोलुखुम्बुका पाँच, भक्तपुर र रौतहटका चार/चार, सर्लाही र सिन्धुलीका तीन/तीन, झापा, महोत्तरी र रुपन्देहीका दुई/दुई, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका एक/एक जना मृतक परिवारलाई पनि राहत रकम दिइएको गृह मन्त्रालयले जनाएको छ । विपदका परी हराएका १८ जनाकोअ अबस्था अझै थाहा हुन सकेको छैन ।