अब नर्सिङ पढ्न १२ कक्षा पास गरेको हुनुपर्ने

काठमाण्डौ – अबदेखि नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । कार्यदलले दिएको प्रतिवेदन पारित गरेर नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याइएको आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।

नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीको संयोजकत्वमा गठन भएको कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

विदेशका धेरै देशमासमेत कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएकाले नेपालमा पनि यही व्यवस्था लागू गर्नेबारे गृहकार्य भइरहेको सदस्यसचिव काप्रीले बताउनुभयो । उहाँका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ ।

नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउनेछन् । अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ ।

यसैबीच प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिएको छ । समितिको हिजोको बैठकले यस्तो निर्देशन दिएको हो । अहिले सम्बन्धन दिन लागिएको नर्सिङ कलेजले यसै शैक्षिक सत्रदेखि नर्सिङ विषयको पढाइ सञ्चालन गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img