प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिने, राप्रपाले मत नदिने

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री ओलीलाई सत्ताघटक दल नेपाली कांग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी एक सय ९४ मत पक्षमा आउने देखिन्छ ।

संसदमा अहिले कायम संसद् सङ्ख्यामध्ये विश्वासको मत प्राप्त गर्न एक सय ३८ मत आवश्यक पर्छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, प्रभु साह (स्वतन्त्र) १ ले मत कता दिने विषयमा निर्णय गर्न बाँकी छ ।

नेकपा (एमाले) ले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । प्रमुख सचेतक महेशकुमार बर्तौलाले आफ्ना सांसदहरुलाई ह्विप जारी गर्नुभएको हो । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने ७ बुँदे सहमति भएको थियो । यद्यपि सहमतिपत्र अझैसम्म सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै