हृदय भुसाल अर्घाखाँची । लिङ्गका आधारमा गरिने बिभिन्न खालका हिंसाहरुको निवारणका लागी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लाका सरोकारवालाहरुको बिचमा एक दिवसिय अन्तरकृया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दे जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले समाजमा आर्थिक,सामाजिक,राजनैनिक तथा बिभिन्न खालका सांस्कृतिक हिँसाहरु अझै पनि कायमै रहेको भन्दै हिंसा न्युनिकरणका लागी सवै सरोकारवाल पक्षहरु एक भयर लाग्नु पर्ने बताए । समन्वय प्रमुख कोईरालाले भने,‘सामाजमा महिंला हिँसा मात्र हैन,पुरुष हिंसा पनि छन्,पछिल्लो समय समाजमा धेरै बिकृतीहरु पनि देखा परेका छन्,अनाबश्यक रुपमा पनि आरोप गर्ने संस्कारको बिकास हुन खोजेको देखिन्छ,महिला हिंसाका बिभिन्न खालका कानुनहरु भए पनि धेरै अपराधहरु अझै पनि लुकाउन खोज्ने गरेको देखिन्छ,सरकारी कार्यालयहरु बाट यस्ता अभियानहरु ग्रामिण स्तर सम्म जिल्लाभर नै चलाउन पर्ने आबश्यकता देखिन्छ’।
कार्यक्रमका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले समाजमा शान्ती सुरक्षा अमन चयन कायम गर्ने प्रमुख जिम्मेवारी प्रशासनको भएको भन्दै यस्ता खालका कार्यक्रमहरुले हिँसा न्युनिकरणमा कमि भई शान्ती सरक्षामा सहयोग पुग्ने भएको हुदाँ यस्तो प्रकारको कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रजिअ प्रमुख खत्रीले भने,‘हाम्रो समाजमा लिङ्गका आधारमा गरिने हिंसा लैङ्गिक हिंसा हो,महिला,पुरुष र तेस्रो लिङ्ग लाई गरिने अनेक खालका हिंसाहरु छन्,यसको न्युनिकरणका लागी सवै सरोकारवाला सरकारी तथा गैह«सरकारी संस्था सवै एकतावद्ध हुनुपर्ने देखिन्छ,बिध्यमान कानुन भन्दा माथी कहि पनि हुन सक्दैन्,गाउँ तह सम्म सचेतना अभिवृद्धिका लागी सवै लागौँ’।
हिंसा न्युनिकरणको मुख्य आयाम आर्थिक सशक्तिकरण भएको भन्दै आर्थिक तथा बिभिन्न कार्यक्रम संचालनका लागी प्रयाप्त बजेट र दरवन्दी अनुसारका कर्मचारी नहुदा नगरका कार्यक्रम प्रभाकारी हुन नसकेको सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले स्वागत गर्दे कार्यक्रमको उदेश्य,परिभाषा,हिंसाका प्रकार,अर्घाखाँची जिल्लामा लैङ्गिक हिंसाको अवस्था,निराकरणका उपायहरुको बारेमा उदाहरण सहित सहजीकरण गरका थिए ।
त्यस्तै कार्यक्रमा जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीका न्यायाधिबक्ता बिष्णु प्रसाद अचार्यले अर्घाखाँची जिल्लामा हिंसा र मुद्धाको अवस्था,बिध्यमान ऐन,कानुनमा भएका ब्यवस्था र कानुनी कार्वाही प्रकृया,अदालती प्रकृया,कसुरदारलाई जरिवाना तथा सजाय,बिशेष ब्यवस्था,संरक्षणात्क आदेश,लगायतका कानुनि सवालमा सहजीकरण गरेका थिए ।
अन्र्तकृया कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख लक्ष्मी ज्ञावली,सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतितसिँह राठोर,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल,अर्घाखाँची अस्पतालका शुभेच्छा घिमिरे,सुर्योदय सहकारीका अध्यक्ष सुस्मा श्रेष्ठ,अन्तरपार्टी महिला संजालका चन्द«ा गैरे,महिला अधिकारकर्मि ईश्वरा पोख्रेल,शुशिला भुसाल,पत्रकार गोपाल भट्टराई लगायतले कार्यक्रममा अन्तरकृयात्मक भनाई व्यक्त गरेका थिए ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षता,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको स्वागत तथा प्रशासकिय अधिकृत दुर्गा न्यौपानेको संचालनमा संम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका बिभिन्न सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधी,महिला अधिकार कर्मि बिभिन्न संघ संस्था बिधालयका शिक्षक,बिधार्थी पत्रकारहरुको समेत उपस्थितीमा सम्पन्न भएको थियो ।
जिल्ला प्रशासनको आयोजनामा :लैङ्गिक हिंसा निवारणका लागी अन्तरकृया कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया