अशोक खनाल अर्घाखाँची
बुधबार अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बानियाँ निर्माण सेवा प्रालि हेटौंडाद्वारा जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. ७ मा उत्खनन गरि भुगर्भ सिमेन्ट लि. लाई लाई सप्लाइ गरेको चुनढुङा खानीमा अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा खत्रीले खानिमा राखिएको चुनढुङ्गा चलानी नापजाँच धर्मकाट लगायत महत्त्वपूर्ण खानी संचालन बिषयमा जानकारी लिनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी खत्रीले केही टिप्पर हरुले सडकको भार बहान क्षमता भन्दा बढी ढुङ्गा बोक्ने गरेको पाए पछि आफ्नै नेतृत्वमा अनुगमनमा जानू भएको थियो अनुगमन प्रश्यायत प्रजिअ खत्रीले खानी संचालक तथा आफू मातहतका प्रहरी हरु लाई सरकार सग गरिएको सम्झौता कार्यन्यनको लागी अनुरोध तथा निर्देशन दिनु भएको थियो
सम्झौता अनुसार खानी बाट डुङ्गा गाडिको वजन बाहेक १० टन मात्र बोक्ने सम्झौतामा उल्लेख गरिएको छ ,अनुगमनमा अर्घाखाँची जिल्लाका प्रमुख अनुसन्धान अधिकृत ईश्वरि प्रसाद आचार्यको पनि उपस्थित रहेको थियो ।
प्रमुख जिल्ला अधिकारीद्वारा बानियाँ निर्माण सेवा प्रालिले उत्खनन गरेको चुनढुङा खानीमा अनुगमन
तपाईको प्रतिक्रिया

























