वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन् । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

हिजो वैदेशिक रोजगार कार्यालयमा भएको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति दिन सकिने दाबी गर्नुभयो ।

प्राविधिक समस्या, बिजुलीको आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको दाबी गर्नुभएको हो ।  नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको भन्दै उहाँले यसका लागि कार्यालयका सबै कर्मचारीलाई धन्यवाद दिनुभयो ।

पहिले १५ दिनसम्ममा श्रम स्वीकृति दिने व्यवस्था रहेकोमा त्यसलाई बिस्तारै घटाउँदै पछिल्लो समय तीन दिनभित्रमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको थियो । तर श्रमिकले श्रम स्वीकृति पाउन हप्तौँ कुर्नुपर्ने बाध्यता भएपछि ती समस्याको समाधान गर्दै एक घण्टाभित्र नै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

श्रम स्वीकृतिको लागि वैदेशिक रोजगारीमा जाने श्रमिकले आफ्नै मोबाइल वा कम्प्यूटरबाट अनलाइन आवेदन दिन सक्ने र श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्ने मन्त्री अर्यालले बताउनुभयो । श्रम स्वीकृतिको लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेस गर्नुपर्छ ।

त्यस्तै, बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क  भुक्तानी गरेको हुनुपर्छ । श्रम कार्यालयमा अहिले कर्मचारीहरूले बिहान ७ देखि बेलुका ९ बजेसम्म गरी दुई सिफ्टमा काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img