नेपाल श्रीमति प्रहरी संघ द्वारा शैक्षिक सामग्री हस्तान्तरण

हृदय भुसाल अर्घाखाँची । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको समन्वयमा बाल आधारभुत बिधालय सनपा १ तुमकोटमा प्रहरी महानिरीक्षक बसन्त कुवरकि श्रीमती सोही बिधालयमा प्रारम्भिक शिक्षा अध्ययन गर्नु भएका संघका केन्द्रिय अध्यक्ष लक्ष्मी पराजुली कुवर सहित संघको टिमद्वारा ५३ जना कक्षा ५ सम्मका बिद्यार्थीहरु लाई शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न  भएको छ । बि.स २०१९ साल बैशाख २ गते स्थापना भएको उक्त बिधालयमा संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुवरले २०३२ साल देखी ३५ साल सम्म अध्ययन गरेको बताइन् । श्रीमती संघले आफ्नो स्थापना कालदेखी नै सामाजिक कार्यहरु गर्दै आएको भन्दै अध्यक्ष कुवरले आफू जन्मेको गाउँ र प्रारम्भिक शिक्षा लिएको बिधालयमा शैक्षिक सामग्री बितरण गर्न पाउँद खुसी लागेको बताइन् । बिधालयका संस्थापक प्रधानध्यापक बिष्णु रानाको अथक प्रयास बाट स्थापना भएको  बिधालय विभिन्न आरोह अबरोह पार गर्दै  यहाँ सम्म आएको शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका  प्रमुख मनिराम पराजुलीले बताए । बिधालयमा बिद्यार्थी हरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरि महत्त्वपूर्ण काम गरेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु बस्यालले बताए । कार्यक्रममा  सबैलाई  बिधालयको तर्फबाट  स्वागत गर्दै प्रधानध्यापक  बिष्णु खनालले धन्यवाद व्यक्त गरेका थिए । लामो इतिहास भएको बिधालयले  निकै महत्त्वपूर्ण ब्यक्तित्व समेत उत्पादन गर्न सफल भएको समाजसेबि लक्ष्मण पराजुलीले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिह राठौर,शिक्षा बिकास समन्वय इकाई प्रमुख मनिराम्म पराजुली,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल सनपा १ का वडा सदस्य भगवती पान्डे बिक, संघका लुम्बिनी प्रदेश सचिब सरिता पराजुली अधिकारी लगायतको आथित्यता रहेको थियो । कार्यक्रम संघका लुम्बिनी प्रदेश अध्यक्ष निलम कठायतको अध्यक्षता, प्रअ बिष्णु खनालको स्वागत र शेषनारायण अधिकारीको संचालकमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img