२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

पत्रकार महासंघको अभियान प्रति साथी सहकारीको ऐक्यवद्धता

Workplace

हृदय भुसाल अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको आर्थिक बिकास,पर्यटन प्रवद्र्धन र स्थानिय रोजगारीका लागी पर्यटन प्रवद्र्धन अभियानमा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कले पुर्ण रुपमा ऐक्यबद्धता जनाएको छ ।
६७ औँ राष्ट्रिय सहकारी दिवशको अवसरमा चैत्र २० गते पत्रकारहरु सँग साथी कार्यक्रम अन्तरगत शुभकामना आदाप्रदान साथै पत्रकार महासंघले संचालन गरेको पर्यटन प्रवद्र्धन अभियान लाई सफल बनाउन आन्तरिक पर्यटन प्रवद्र्धन बृद्धिका लागी छलफल र आन्तरिक भ्रमणको कार्यक्रम समेत गरिने सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए ।
अध्यक्ष प्रकाश भुसालका अनुुसार पत्रकार महासंघको अभियानलाई पुर्ण साथ सहयोग र समर्थन गर्दे सहकारी दिवशका दिन बिभिन्न कार्यक्रम साथै आमागी चैत्र २४ गते आन्तरिक पर्यटनका लागी मालारानीको मालारानी मन्दिर,सन्धिखर्क वडा ११ को रक गार्डेन,बलकोट पौवा,मथुराधाम लगायतका जिल्लाका बिभिन्न पर्यटकिय गन्तब्यमा भ्रमण गर्ने कार्यक्रम समेत तय भएको बताए ।
साथी बहुउदेश्यीय सहकारी संस्थाले संचालन गरेको उधोग,बिक्री केन्दको« अबस्था तथा सहकारी मार्फत उत्पादन,उधमशिलताको बिकासको चुनौती र सम्भावना बारे समेत ब्यापक छलफल गरि थप ब्यवस्थित गरि अगाडी बढ्न लागिएको बहुउदेश्यीयका अध्यक्ष कृष्ण भुसालले बताए ।
साथी सहकारीले चैत्र २० गते नै पत्रकारहरु संग पर्यटन बिषयमा अन्तरकृया,सदस्यहरु बिच शुभकामना आदानप्रदान,भित्तेपात्रो सार्वजनिक,उपसमिती घोषणा एवम प्रमाणपत्र बितरण लगायतका कार्यक्रम हरु तय गरिएको ब्यवस्थापक बसन्ता गुरुङ्खले बताईन् ।
साथी सहकारीले हाम्रो अभियानलाई निरन्तर रुपमा सहयोग गर्दे आएको छ साथी सहकारी जस्तै सवै सहकारी र अन्य संघ संस्थाहरुले पनि पर्यटन प्रवद्र्धन र जिल्लाको आर्थिक बिकासका लागी लागी यसै गरि योजना बनाई अगाडी बढ्नुपर्ने पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।
जिल्लामा सहकारी क्षेत्रमा आफ्नो फरक पहिँचाहन बनाउन सफल साथी सहकारीले उद्धमशिलता र रोजगारी श्रृजना गर्ने नमुना कामहरु गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै