१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

पत्रकार महासंघ द्वारा पर्यटन सूचना डेक्सको स्थापना

आर्थिक बिकास,पर्यटन प्रबर्द्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रबर्द्धन अभियान संचालन गरेको पत्रकार महासंघ अर्घाखाँचीले सुपादेउराली मान्दिरमा पर्यटन डेक्स स्थापना गरेको छ । शनिबार पत्रकार महासंघका अध्यक्ष अशोक खनाल सहितको टोलि सुपादेउराली पुगि सुचना केन्द्र निर्माण गरेको छ । पर्यटन प्रबर्द्धन अभियानको पत्रकार महासंघद्वारा गत माघ १ गते नेपाल सरकारका प्रधानमन्त्री पुस्प कमल दाहाल द्वारा भब्य समारोहका बीच सन्धिखर्कमा उदघाट्न गरिएको थियो ।पर्यटन प्रबर्द्धन अभियान प्रचार सामग्री तयार नहुदा द्रुत गतिमा अगाडि बढाउन समस्या भएको भन्दै भिडियो ड्कुमेन्टी,स्वागत अर्घाखाँची वेबसाईट  ब्रोसर, गित तयार भएको र अब पालिका स्तर र केहि जिल्ला बाहिर पनि नियमित कार्यक्रम गरिने अध्यक्ष अशोक खनालले बताए । बीचमा ब्यबस्थित कार्यक्रम नभए पनि प्रचारका काम त निरन्तर गर्दै आएका छौ अध्यक्ष खनालले भने,। पर्यटन सूचना डेक्स बाट अर्घाखाँची जिल्लाको पर्यटकिय चिनारी,सुपादेउराली आउने पर्यटनलाई जिल्लाका अन्यत्र स्थानमा सम्म लैजाने गरि प्रयास गर्ने गरि विभिन्न पर्यटन प्रचार सामग्री मार्फत एक जना कर्मचारी नै राखी केहि समयका लागी ब्यबस्थित रुपमा प्रचार प्रचार गर्न लागिएको अभियानका प्रबक्ता हृदय भुसालले बताए । अब जिल्लाका मुख्य पर्यटकिय गन्तव्यमा पुगि स्थलगत रिपोर्टिङ गर्ने, जिल्ला बाहिर सम्म पुगि अर्घाखाँची घुमै भन्ने अभियान चलाउने पत्रकार महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै