१६ बैशाख २०८२, मंगलबार
१६ बैशाख २०८२, मंगलबार

मतदाता नामावली विषयमा सर्बपक्षिय बैठक सम्पन्न

अशोक खनाल अर्घाखाँची ।जिल्ला निर्वाचन कार्यालय  अर्घाखाँचीद्वारा मतदाता नामावली अध्याबधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० सम्बन्धि सर्बपक्षिय बैठक जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सम्पन्न । बैठकमा तपशिल बमोजिमका बीसयमा छ्लफल र जानकारी बारे छ्लफल गरिएको थियो ।
मतदाता नामावली सम्बन्धमा
* आयोगको वेबसाईटमा मतदाता नामावली प्रकाशन गर्ने मिति :२०८०/११/२८ https://www.election.gov.np बाट प्रकाशन हुने ।
* मतदाता नामावली रहेको टुर्टी सच्याउने ,कसैले झुठो विवरण दिइ नामावलिमा नाम समाबेस गरेको भए सोको बिरोधमा उजुरी दिने ,कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समाबेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने ,मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामवली बाट हटाउनको लागी सूचना दिनको लागी मिति :२०८०/११/२९ देखी २०८०/१२/०५ सम्म निर्बाचन कार्यालय वा वडा कार्यालयमा गर्ने ।
* वडा कार्यालयमा दर्ता भएका निवेदन प्राप्त गर्ने , बसाई गरि अन्यत्र गएका वा मृत्यु भएका मतदाताको विवरण स्थानीय पदाधिकारीबाट र नागरिकता त्याग गरेका मतदाताको विवरण जिल्ला प्रशासन कार्यालय बाट प्राप्त गर्ने र सूचना / निवेदन प्राप्त नभएता पनि कुनै मतदाता बसाई सरि गएको , मृत्यु भएको , नागरिकता त्याग वा रद्द भएको प्रामाणित विवरण प्राप्त गर्ने मिति : २०८०/१२/०६ देखी २०८०/१२/०८ सम्म निर्बाचन कार्यालयमा गर्ने ।
* मतदाता नामावली बाट हटाउने सम्बन्धमा आबश्यक छानबिन गरि प्रमुख नाम दर्ता अधिकारिलेत्रुटि सच्याउने , नाम हटाउने लगायत कानुन बमोजिम निर्णय गर्ने मिति :२०८०/१२/०९ देखी २०८०/१२/१२ सम्म निर्बाचन कार्यलयमा गर्ने ।
* नाम हटाइएको सूचना निर्बाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गर्ने र फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरि जिल्लाको अध्याबधिक भएको डाटा सगै आयोगमा पठाउनको लागी २०८०/१२/१२ देखी २०८०/१२/१५ सम्म निर्बाकन कार्यालय तथा वडा कार्यालय ।
* अन्तिम मतदाता नामावली प्रकासन मिति २०८०/१२/२२ गते निर्बाचन आयोगले गर्ने बैठकमा जानकारी गराइएको थियो ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला , सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर , जिल्ला निर्बाचन अधिकृत मधु कृष्ण पौडेल , प्रशासकीय अधिकृत द्वय नुमलाल पन्थी , दुर्गा न्यौपाने , नेपाली काङ्ग्रेसका नेता बिष्णु प्रसाद भुसाल , नेकपा एमालेका नेता श्रीकृष्ण भुसाल नेकपा ( माओबादी केन्द्र ) कि नेतृ छमकुमारी खनाल , नेकपा एकीकृत समाजबादिका नेता राम बहादुर चौहान ,राप्रपा नेता महेन्द्र कुमार श्रेष्ठ , राजमो नेता गोबिन बिसि , नेसपा नेता पुष्कर नाथ आचार्य नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै