२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

प्रसूति गृहबाट हराएको शिशु फेला

Workplace

काठमाण्डौ – काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डौका अनुसार शिशुलाई काठमाण्डौको काँडाघारीमा सकुशल फेला पारिएको हो । शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन् । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो । शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिनुभएको थियो ।

उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुग्नुभएको थियो । त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै