१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

साँच्चै पत्रकार असक्षम नै हुन् त ?

Workplace

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची ।
सामाजिक सन्जाल मार्फत आफ्नो ब्राण्ड स्थापना गर्न हो या कसैको गोठालो
बनेर दिएको खुराक पस्किएको हो ? कि त मुलुकमा आएको आर्थिक मन्दिले
व्यवसायी भए ब्यापार नभएर समय कटाउन अप्ठ्यारो परेर हो, कि कुनै जागिर वा
पेशा गर्ने भए जिम्मेवारी बहन गर्ने ठाउँ थेतुलो भएर हो ? त्यो त
सम्बन्धितलाई नै थाहा होला या मुल्याकंन भएको छ कहिंबाट भने तथ्य आउला
हामीपनि जानौंला…. तर पछिल्लो केही समयदेखि यता पत्रकारको पिछा गर्ने,
खेदो खन्ने त्योपनि सामाजिक सञ्जालमै, पत्रकार एवम् सञ्चारकर्मिले
सामाजिक रुपमा दिएको सेवा वा योगदानलाई देखि नसहने ! लाग्छ यि र यस्ता
ग्याङ्गलाई पत्रकार÷सञ्चारकर्मिलाई आरोप लगाएर दिनको एक दुइवटा सेयर
नलेखे र सामाजिक सञ्जालमा नदेखाए उनिहरुलाई भोक र निद्रानै लाग्दैन अथवा
खाएको पच्दैन अनि शारिरिक तथा मानसिक रुपमा डिप्रेशन अपज नै हुन्छ ।
के मैदानमा भएका पत्रकार असक्षम र झोले नै हुन् त ?
के मैदानमा भएका पत्रकारका कारण ति ग्याङ्गका सदस्यहरु बेरोजगार भएका छन् ?
के मैदानमा भएका पत्रकारले फिल्ड छोडेर जानुपर्ने हो ?
के अहिलेका पत्रकारले फिल्ड छाडेपछि समाज र राष्ट्रका सबै विकृतिहरु नाश
हुनेहुन त ?
अँह ! त्यो हुँदै होइन यदि हो भने जो पत्रकार÷सञ्चारकर्मि जुन मिडियामा
छन् तत् तत् क्षेत्रमा पदको बरियता र कामको जिम्मेवारि कसरी पाएका छन् ?
पाएको जिम्मेवारि कुशलतापूर्वक पुरा नगरेको भए सम्बन्धित मिडिया मालिक वा
संचालकले किन ति पत्रकार÷संचारकर्मिलाई कार्बाही गरेका छैनन् त ?
किन पत्रकार÷संचारकर्मिका बिरुद्ध प्रेस काउन्सिल वा अन्य नियामक निकायमा
विधि संवत उजुरी परेको छैन त ?
हेक्का राखेर आत्म साक्षी राखेर पत्रकार आफैलाई सम्झिएर सोंच्नुस र
भन्नुस त के पत्रकार÷संचारकर्मिको यो मैदानमा केही भुमिका वा योगदान नै
छैन ?
तपाईं आफैलाई पत्रकारको भुमिकामा ल्याएर तपाईंले अहिले भने र खोजे जस्तै
भुमिका निर्वाह गर्न सक्नुहुन्छ ?
यहि परिस्थितिमा के मिडिया मालिक वा संचालक बनेर मिडिया चलाएर देखाउन
सक्नुहुन्छ ? यदि त्यति दख्खल राख्नुस् त तपाईंको मिडियामा हामीलेपनि काम
गर्ने आवेदन हालौंला !
नेपालका उपलब्ध हरेक परिवर्तन हात पार्न पत्रकार÷संचारकर्मिको योगदान कति
एक पटक तथ्य अध्ययन गर्नुस्,…….
पछिल्लो कोरोना र भु–कम्प जस्ता महामारी सहित अन्य असंख्य प्राकृतिक तथा
कृतिम बिपद् तथा समस्यामा आ–आफ्नो मिडियामा पत्रकार÷संचारकर्मिले व्यक्ति
आफु, आफ्नो परिवार र आफन्तको प्रवाह नगरि के–कति चुनौंति झेलेर
रिर्पोटिङ्ग र फिल्डमा काम गरिहेका रहेछन् एकपटक इतिहाँस पढ्नुस र
हेर्नुस,…
गाउँ, समाज, सबैतिर ठुलादेखि सानासम्म अप्ठ्यारो पर्दा न्यायको ढोका
ढकढकाउन, दुर्घटना होस्, या बिपत्ति, भ्रष्टाचार, कालोबजारिका काण्ड
बाहिर ल्याउने काममा भुमिका खेल्ने काम के पत्रकार र मिडियाले नगरेर
तपाईंले जस्तै हल्ला गरेर न्याय मिल्छ र मिलेको छ त ?
अनि नेपालका जति पनि बाहिर आएपछि सरकार वा नियामक निकायले कार्बाहीको
प्रक्रियामा लगेका भ्रष्टाचार होस वा अन्य सबैखाले विकृतिजन्य काण्डको
सुचना बाहिर ल्याएर शु–सासनको पक्षमा वकालत गर्ने काम कसले गरेको छ र
गर्छ ?
तसर्थ पत्रकार कुनै अन्य मुलुकबाट शरणर्थि बनेर यहाँ शरण माग्न आएका
होइनन्, जन्मदिने बा–आमाले लालन÷पालन गर्न नसकेर घरनिकाला गरेका पनि
होइनन्, पढ्दै नपढि, जान्दै नजानी अन्य कर्मक्षेत्रमा खट्नै तथा गर्नै
नसकेर जर्बजस्ती पत्रकारिता क्षेत्रमा आएका पनि होइनन् । नपत्याए परिक्षा
लिनुस विधि विधानअनुसार….उसको काममा चित्त नबुझेको ठाउँमा जवाफ
माग्नुस्, उसले लेखेका समाचार वा कार्यक्रमको स्पष्टिकरण माग्नुस्,
जिम्मेवारिका साथ जवाफ दिन तयार छ पत्रकार ।
काम गर्न मेलामा गएपछि मालिकले दिएको खाना पानी खाने र काम अनुसारको
ज्याला लिने त एक भरियादेखि तपाईंले पनि त गर्नुहुन्छ नी होइन र ?
अनि कार्य क्षेत्रको कार्यालयले तोकेको पोशाकपनि त लगाएरै फिल्डमा
जानुहुन्छ होइन र ? खेतमा रोपाइंमा जाँदा कोटपाइन्ट त पक्कै लाइदैन होला
! अनि पत्रकारले खाना खाएको, खाजा खाएको,  ड्रेस लाएर फिल्डमा गएको
देख्दा तपाईंलाई के को डाहा बोलेको हो ?
जसले समाजलाई सु–मार्गमा डा¥याउन अहोरात्र अथक ढङ्गबाट लम्किन खोजिरहेको
छ तपाईं विकल्प विनै उसैको खुट्टा तान्न खोज्नुहुन्छ भने सोंच्नुस त
हाम्रो समाज कता जाला ?
तपाईंले कहिले सोंच्नुभयो,अनि खोज्नुभयो ! यि फिल्डमा खटिएका
पत्रकार÷संचारकर्मिको पारिवारिक र व्यक्तिगत जिवनयापन कस्तो होला र कसरी
चलिरहेको होला ? २४ घण्टाको एकदिनमा १८ घण्टासम्म फिल्डमा काम गर्ने
पत्रकार÷संचारकर्मिको तलब कति होला ? हरेक निकायमा, जहाँ रिर्पोटिङ्ग
गर्नुपर्ने वा समाचार लेख्नु र भन्नुपर्ने हुन्छ त्यहाँ जाँदा लाग्ने
खर्च कसले व्यवस्थापन गर्छ होला ? यो बारेमा पनि बुझ्नुस् र के लाग्छ
लेख्नुस न है……
अनि कुनै जिल्ला बिशेष र क्षेत्र विशेषका पत्रकार÷संचारकर्मिको काम गराइ,
हिडाइ, खुवाई र चालढाल तपाईंलाई मन नपरेको हो नि है ?
पत्रकार÷संचारकर्मिले आफ्नो डियुटि समय अवधिमा उसले आफ्नो जिम्मेवारि
पुरा गर्दा पिडकलाई होइन पिडितलाई आघात पुग्नेगरि वा प्रचलित कानुनको
हितमा काम भएको छैन भने यो कदम रोकिनुपर्छ !  त्यसको लागि खुब बिरोध
गर्नुस, उजुरी हाल्नुस् कार्बाहीको दायरामा ल्याउनुस्,…. तर एक
व्यक्तिको सबै कुरा कसैलाई पनि चित्त बुझ्दैन, अर्को कुरा निजि जिवन
भन्ने कुरा सबैको हुन्छ । किनकी ! पत्रकार÷संचारकर्मि पनि मानव नै हो नि
त हैन र ?
नेपाल र यसका जिल्ला तथा क्षेत्रगतको समस्या के हो त ?
कुनैपनि काम गर्न पैसा भन्ने चिज अनिवार्य रहिछ !  मिडिया संचालन गर्नपनि
पैसा अनिवार्य छ , किनकी त्यहाँ काम गर्ने पत्रकार÷संचारकर्मिको ज्याला
दिनुपर्यो, कार्यालय संचालन गर्दा आवस्यक पर्ने खर्च व्यवस्थापन
गर्नुपर्यो । यसको लागि मिडिया हाउसको स्रोत भनेको विज्ञापन÷कार्यक्रम हो

नेपाल र यसका जिल्ला÷क्षेत्र आफैमा सानो क्षेत्र हुन् । किनकी यहाँ
ठुला हैन साना पनि उल्लेख्य उद्योग छैनन्, जसको आफैको दिगो भविष्य छैन ।
ताकि ति उद्योगको सेवा बिस्तारको लागि हामी सबै मिडियाले विज्ञापन गर्न
परोस्, किसानको अवस्था उस्तैः दुःख र लगानी गर्यो व्यवसायिक सुनिश्चितता
छैन, बिचौलियाको विगविगि त के कुरा गरौं र । बजार उस्तैः एक घण्टा हिड्यो
भने कुनैपनि जिल्लाका सदरमुकाम एरियाका बजारका सबै गल्ली हिडेर सकिन्छ ।
कारोबार सुस्ताएको छ । रातारात सामान कुम्लो पारेर सटर बन्द गरि कोठामा
थन्काएर त्रिभुवन बिमानस्थल जानुपर्ने अवस्था अहिलेका व्यवसायीले
भोग्नुपरेको छ । त्यहि अवस्थाबाट गुज्रिएर भएपनि मिडियामा उहाँहरुले
गरेको सयको गन्तिमा पर्ने लगानी मिडियाको लागि अर्बौ बराबरको छ । तर
प्रयाप्त हुँदैन ।
केही अलिक स्थापित पसलहरु र संघ÷संस्थाहरु त छन् तर तिनका मालिकलाई
सामाजिक उत्तरदायित्व अन्तरगत लगानी गर्नुपर्छ भन्ने सायद थाहा छैन होला
!  मिडियामा उनिहरुको वास्तविक लगानी शुन्यजस्तै छ ।
राजनितिक दल उस्तै जब मिडियाको उपयोगको खाँचो पर्छ सबै आफ्नै होइचन कर
भने जस्तो गर्छन् तर जब काम सकिन्छ त्यसपछि खोलो तर्यो लौरो बिर्सियो भने
जस्तै हो ! र भएको छ ।
राज्यपक्ष र जनसेवकहरुको कुरा पनि गरौंः उनिहरुको हाइहाइ हुनेगरि बखान
गरे धन्यावाद सहित अलिअलि भेटि पाइएला नभए त पुरै बहिस्कार पो भइन्छ कि
भन्ने डर छभइन्छ कि
भन्ने डर छ । मिडिया सबैका हुन् भन्ने ब्यवहार कहिं कतैबाट पाइएको छैन !
भौतिक संरचना बनाउनु र भत्काउनु मात्रै विकास हो भन्ने बुझाई सत्य होइन
भन्ने निष्कर्ष अझै निकाल्न हामी कसैले सकेका छैनौं र त देखिने संरचना
बाहेक वैचारिक र वौद्धिक विकासको निम्ती लगानी गर्न रुची जगाउँदैनौं ।
यसैको चेपुवामा हामी र मिडिया परेका छन् ।
अर्को मुख्य समस्याः
मिडिया संचालक समिति वा मालिकले चलाउनुपर्ने हो , पत्रकार÷संचारकर्मिले
उक्त मिडियामा आफ्नो जिम्मेवारि अनुसारको काम गर्ने अनि काम अनुसारको वा
भनौं नियुक्ति हुँदा सहमती भएबमोजिम ज्याला÷तलबभत्ता लिने हुनुपर्ने हो ।
त्यसो गर्दा मिडियामा आउनुपर्ने र जनताले सुन्नु अनि थाहा पाउनुपर्ने सबै
बिषयबस्तु निर्धक्क प्रसारण र प्रकाशन हुन्थे । तर यहाँ अहिले भैरहेको के
छ भने मिडिया जन्मिन्छन् । बच्चा जन्मिएपछि खानपान, स्यहार–सुसार गर्न
खर्च र जिम्मेवारि थपिए जस्तै जन्मिएका मिडियालाई संचालन गर्नपनि खर्च
व्यबहार थपिन्छ । जसको लागि मालिक वा संचालक योजनावद्ध रुपमा खटिनुपर्छ ।
तर त्यसो भएको छैन , बजारमा देखिएको समस्या मैले माथि बताइसके… यो
समस्या देखेपछि मिडिया मालिक वा संचालकले पनि अनौपचारिक रुपमा हात झिके
जस्तै वा भनौं अभिभावकले बच्चा छाडेसरि मिडिया संचालनमा हुनुपर्ने
जिम्मेवारिबाट बाहिर बसेका छन् । जसका कारण मिडियामा कर्मचारिको भुमिकामा
रहेका पत्रकार÷संचारकर्मि आफै मालिक आफै मजदुर बनेर जिम्मेवारि बहन
गर्नुपर्ने अहिलेको अवस्था हो र छ । यसले गर्दा एउटा सवारिमा मालिक, चालक
र सह–चालक आफै हुँदा आइपर्ने अप्ठ्यारो जस्तै मिडिया क्षेत्रमा रहेको छ ।
यसले गर्दा राज्यपक्ष होस्, या राजनितिक तथा अन्य जुनसुकै पनि निकायमा
भएका कानुन र सामाजिक हित बिपरितका कार्यको बिरोध र आलोचना सहित शुसासन
कायम राख्दै मुलुकको विकासका निम्ती जति लेख्नु र भन्नुपर्ने
समाचार÷कार्यक्रमको रिर्पोट बनाउन खटिने पत्रकार÷संचारकर्मिले निर्धक्कका
साथ त्यस्ता बिषय त्यति बाहिर ल्याउन सकिराखेको छैनौं । किनकी यो
अवस्थामा त्यसरी फिल्डमा हिड्दा रिर्पोटिङ्ग गर्दा पत्रकार त भैइन्छ तर
मिडिया मालिक भइदैन, मिडिया मालिक नभएपछि मिडिया चल्दैन मिडिया नचलेपछि
मिडिया विनाको पत्रकार भएर के गर्ने ? त्यसैले अहिले मिडियाको आवस्यकता
अनुसार फिल्डमा रिर्पोटर छैनन्, मिडिया भित्रैपनि प्रयाप्त कर्मि छैनन्,
र त मिडिया तपाईंले खोजेजस्तो भइरहेका छैनन् । तर हेक्का राख्नुसत मिडिया
मालिकले थलो छाडेपनि हामी कर्मिभने आफ्नो फिल्डमा आफ्नो कर्तव्य ठानेर
खटिराखेका छौं । निरन्तर…..अहोरात्र ….. ! बाघ बरु भोकै मर्ला तर
घाँस खाँदैन भनेजस्तै हामी फिल्डमा भोकै भएपनि भिक नमागि नडगमगाई अविरल
बगिरहेका छौं ।
यि समस्या समाधान गरि मिडियालाई भरपर्दो सुचनाको माध्यम र
पत्रकार÷संचारकर्मिलाई विस्वासीलो सुचनाकर्मि बनाउन र मान्न के गर्नुपर्छ
त ? के सम्भव छ त ?
सम्भव छ ! त्यसको लागि यसो गर्नुपर्छः
सबैभन्दा पहिला मिडिया संचालनको दिगोपनाका निम्ती राज्यले स्पष्ट निति
ल्याएर कार्यान्वयन गर्नुपर्छ । मालिक वा संचालकले मिडिया चलाउनुपर्छ,
पत्रकार÷संचारकर्मिको जिम्मेवारि  सम्बन्धित मिडिया मालिक वा संचालकले
लिनुपर्छ, एक कामदारले आफ्नो जिम्मेवारि कुशलतापूर्वक पुरा गर्न आवस्यक
पर्ने बातावरण र चाँजापाँजोको व्यवस्थापन संचालक वा मालिकले अनिवार्य
गर्नुपर्छ । जतिपनि मिडिया छन् नि सबैको भुमिका आफ्नै मुलुक र क्षेत्रको
समृद्धिको निम्ती हो भन्ने बुझेर सोही अनुसार उपयोग गर्ने ध्यय सबैले
राख्नुपर्छ ।
नियामक निकायले इतिहाँस र वर्तमानको समिक्षा गरि भविष्यका निम्ती
समयानुकुल निति बनाएर मिडिया संचालन गर्ने बातावरण बनाइदिनुपर्छ । आवस्यक
परे बैंक मर्जर गरेजस्तै मिडियापनि मर्जर गर्ने निति बनाएर मिडिया
संचालनको स्रोतको व्यवस्थापनको निम्ती हरेक निकायले स्पष्ट रुपमा निश्चित
प्रतिशत बजेट छुट्टाएर बजेट अनुसारको कार्य जिम्मेवारि दिनुपर्छ र
मिडियालाई विकासको एक अंगको रुपमा अगाडि बढाउनुपर्छ ।
त्यसैले अब यसो गरौं !
जसको क्षमता, जिम्मेवारि जे हो त्यसै अनुसार काम गरौं, आ–आफ्नो
जिम्मेवारि कुशलतापूर्वक पुरा गरौं । एकले अर्काको खैरो खनेर हैन अनुभव
आदान–प्रदान गरेर समन्वय गरेर समृद्धिको निम्ती लागौं ।
एक दर्जन नै भएपनि आफ्ना छोराछोरी बा–आमालाई कहिले घाँडा हुँदैन,
तपाईंहरुपनि मिडियाक्षेत्रमा आएर कर्मि बन्न चाहनुहुन्छ भने भोक
जगाउनुस्, सक्षम बन्नुस्, र आत्मविस्वाँस अनि अठोटका साथ आउनुस्, हामी
हातेमालो गर्न तयार छौं । तर मिथ्या आरोप र खेदो खनेर संजालमा नरुनुस्,
बरु तपाईंहरुपनि एक असल नागरिकका हैसियतले मिडियाको सहि उपयोग गर्नुस्,
मिडिया दिगो संचालनको निम्ती आवस्यक स्रोतको ग्यारेन्टि हुनेगरि लगानी
सुनिश्चित गर्न राज्यपक्ष र अन्य निकायलाई सुझाव वा दबाब दिनुस्, शुसासन
र दण्डहिनताको बिरुद्ध भएका सबैखाले गतिविधिको आ–आफ्नो क्षेत्रबाट सुचना
दिनुस्, र हामीलाई भन्नुस ल समाचार अनि कार्यक्रम बनाउनुस्, यसो गर्दा
लेख्नुपर्ने बिषयपनि समाचार बनेन भने, बन्नुपर्ने बिषयको पनि कार्यक्रम
बनेन भने बल्ल आलोचना गर्नुहोला हैन भने त तातोपानीले घर डढ्दैन, भुक्ने
कुकुरले टोक्दैन भन्दै हामी–हामी बिचको दुरी टाढा बनाउने बाहेक अरु
प्रगति हुँदैन । यसो गर्यौ भने हामीले खोजेको हाम्रो समाजको समृद्धि आउन
ढिलोमात्रै हैन धेरै ढिलो हुन्छ …….. !    धन्यावाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै