हृदय भुसाल ।अर्घाखाँची ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन भोलिबाट २१ ओटा योजनामा दबाब यात्रा सुरु गरि सरकारलाई ज्ञापनपत्र हैन् समाधान पत्र बुझाउने बताएका छन् ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको खुल्ला सभालाई सम्वोधन गर्दे रविले यस्तो बताएका हुन् ।
अर्घाखाँची जिल्लाको वादर र वदेँलको समस्या सामाधानका लागी आफुहरु नजिक पुगेको भन्दैै त्यसका लागी बिज्ञहरुसंग छलफल भैईरहेको बताए । विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णय समेत गरेको उनले बताए ।
दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्ने उनको भनाइ छ । अभियान अन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन÷तीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने सभापती लामीछानेले बताए ।
लामीछानेले भने,‘पार्टी जहाँ बस्दा पनि हुन्छ तर भोट घण्टीलाई दिनुस,यो अभियान जनताको अबस्था,बदल्ले,भ्रस्टचार रहित समाज निमार्ण गर्ने अभियान हो,हामी यो निकै चुनौतीपुर्ण बाटोमा हिडेको छौँ,जनताको बलियो साथले अझ अगाडी बढ्न थप उर्जा मिलेको छ,हामी चौतर्फी रुपमा घेराबन्दी हुदै गर्दा पनि अगाडी बढेको छौ,अर्घाखाँची बासीले गरेको मायाँ महिले कहिले भुलेको छैन् ।यो माया र स्नेह ४ बर्ष सम्म राख्नु हुनेछ, तपाईहरुलाई बिभिन्न दवावहरु आउन सक्छन मेरो भनाईलाई औषधीको रुपमा लिनुहोला’।
अगाडी रविले भने,‘अव दह्रो खुट्टा टेकेर अगाडी बढ्नु होला,बिभिन्न खालका भ्रमहरु खेलिएका छन् हामी जहाँ रहे पनि जस्तो अवस्थामा रहेपनि एउटा ब्यक्तीलाई समाप्त गरेपनि घण्टी र पार्टीको अभियानलाई कसैले छेकेर छेक्दैन्,तपाईहरुलाई यो कार्यक्रममा आएबापत अनेक खालका दवाव आउन सक्छन् सवै खालका दवावलाई पार गर्दे अगाडी बढौँ, घण्टी अब आयो आयो,देश बिदेशमा रहनु भएका साथीहरुको भावना बुझेका छौ,अर्घाखाँचीको बिकासका लागी यो अभियानमा जोडेर जिल्ला बनाउने अभियानमा आउनुस पार्टीको झण्डा बोक्न पर्देन्’ ।
एकपटक आगामी निर्वाचनमा बहुमत मत दिन आग्रह गर्दै लामीछानेले हिजका निर्वाचमा जस्तै आदा भोट एउटालाई,आधा भोट अर्कोलाई दिनु भो भने फेरी आधा बिकास र आधा भ्रष्टचार रहने हुने लामीछानेले बताए ।
प्रतिनिधी सभा सदस्य तथा रास्वपा नेतृ सुमना श्रेष्ठले अव हामीहरुलाई नयाँ यथास्थीमा रहन स्वीकार्य छैन् भन्दै अव सिँहदरवारका पुराना नेताले देश,जिल्ला र गाउँ बनाउन नसक्ने बताईन् । सासंद श्रेष्ठले भनिन,‘राजनितीको परिभाषा वदलिएको छ,राजनिती शतmी र नालनाताका लागी मात्र हो कि भन्ने भएको छ,अव अर्घाखाँची बनाउनका लागी सवै परिबर्तन कामी एक भयर जाने र अव अर्घाखाँचीको स्वास्थ्य समस्या र बिकासका एजेन्डा बोकेर अगाडी बढ्ने छु, हामीहरु अहिले जे पेशामा छौँ,त्यहा अब्वल भयर निस्कन जरुरी छ ।
कार्यक्रमा लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल,केन्द्रिय सदस्य अर्जुन अधिकारी,अर्घाखाँची काठमाण्डौ सम्र्पक मंञ्चका अध्यक्ष सिता पराजुली, एनआर एन बिभागका प्रमुख ओम क्षेत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि भुसालको अध्यक्षता,सन्धिखर्क नगरपालिका संयोजक प्रकाशचन्द आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
रबि लामिछानेले अर्घाखाँची जिल्लाको सुपादेउराली,अर्घादरबार,मथुराको २० खुटेदरबार लगायतको दर्शन र अबलोकन समेत गरेका थिए ।
सरकारलाई ज्ञापनपत्र हैन्,समाधान पत्र बुझाउछौँःरबि लामिछाने
तपाईको प्रतिक्रिया