भूकम्पबाट पूर्ण र आंशिक गरी ६२ हजार १२ वटा घरमा क्षति : ४० हजारभन्दा धेरै विद्यार्थी प्रभावित

काठमाण्डाै – जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पूर्ण र आंशिक गरी अहिलेसम्म ६२ हजार १२ वटा घरमा क्षति पुगेको छ ।

जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा आंशिक रुपमा ३५ हजार चार सय ५५ र पूर्णरुपमा २६ हजार पाँच सय ५७ घरमा क्षति भएको गृहमन्त्रालय अन्तर्गतकाे राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ ।

भूकम्पबाट जाजरकोट, रुकुम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा क्षति पुगेको छ । पूर्ण र आंशिक क्षति भएका दुवैथरी घर बस्न मिल्ने नभएपछि पीडितहरु अहिले पनि खुला ठाउँमा टेन्ट र पाल टाँगेर बसिरहेका छन् ।

जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र दुई सय ८ वटा विद्यालय भवनमा क्षति भएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति पुगेको छ ।

स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या छ । भूकम्पबाट दुई सय आठ वटा विद्यालयमा क्षति पुगेपछि विद्यार्थी पनि समस्यामा परेका छन् । दशैँ–तिहार पर्वका कारण बिदा भएका विद्यालय अब खुल्नेछन्, तर क्षति भएका विद्यालयमा कसरी पठनपाठन गर्ने समस्या भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा झण्डै २२ हजार सात सय र रुकुम पश्चिममा १७ हजार तीन सय गरी ४० हजारभन्दा धेरै विद्यार्थी प्रभावित भएका छन् । भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुमपश्चिममा मनोविमर्शकर्ता पनि परिचालन गरेको छ ।

जाजरकोटमा २१ र रुकुमपश्चिममा १३ जना मनोविमर्शकर्ता परिचालन गरिएको हो । जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते भूकम्प गएको थियो । भूकम्पबाट एक सय ५४ जनाले ज्यान गुमाएका थिए । तीन सय ६६ जना घाइते भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img