शोभाखर पन्थी अर्घाखाँची ।अर्घाखाँची समाज जापानले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
दीपावली , छठ र नेपाल संवतको अबसर पारी जापान टोकियो स्थित शिनओकुबोमा सम्पन्न कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले आफुहरु काम विशेषले देश बाहिर बस्नु परेपनि मातृभूमिको मायाले हरपल सताउने बताए । उनिहरुले नेपालमै सबै चिज भएको भन्दै प्राकृतिक श्रोत र साधनको समुचित प्रयोग मात्र गर्न सके पनि नेपाल समुन्नत बन्ने दावी गरे । वक्ताहरुले नेपालमा आईपर्ने हरेक खालका समस्या र चुनौतीमा आफुहरुले साथ दिंदै आएको स्मरण गराउँदै आगामी दिनमा पनि नेपाल र नपालीको हितमा काम गर्ने बताए । विदेशीनु आफुहरुको रहर नभई बाध्यता भएको भन्दै उनिहरुले स्वदेमै स्वरोजगारीको अबस्था सिर्जना गर्न राज्यको ध्यानाकर्षण समेत गराए ।
यसरी मन्तव्य राख्नु हुनेमा अर्घाखाँची सकाजका अध्यक्ष दीपक थापा,सल्लाहकार ( संरक्षक ) बावुराम पौडेल,सल्लाहकार ईन्दिरा खनाल,मगर संघ जापानका अध्यक्ष रामहरी खपाङ्गी मगर लगायत हुनु हुन्थ्यो ।
कार्यक्रममा स्वदेशमा बसेर ईमान्दारी पुर्वक राष्ट्रको सेवामा समर्पित ( हाल जापान रहनुभएका ) राष्ट्र सेवक कर्मचारी नेपाल सरकारका उपसचिब खिम रानालाई सम्मान गरिएको थियो ।
सम्मानित उपसचिब रानाले यो सम्मानले आफुलाई राष्ट्र र जनता प्रति उत्तरदायी भएर थप कामगर्ने प्रेरणा मिलेको बताउनु भयो । उहाँले अर्घाखाँची समाज जापानले देश निर्माणमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रसंसा समेत गर्नु भयो ।
समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण के.सी. को अध्यक्षता ,कोषाध्यक्ष टोपबहादुर घर्तीको स्वागत मन्तव्य र सचिव अर्जुन आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा समाजका सचिव संगिता थापा,अभिनाश जि.सी.,दिलप्रसाद श्रेष्ठ,निरंजन खड्का,सरोज भुसाल,केशब रेश्मी,मनिष खनाल,असिम खनाल लगायतले समेत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मौलिक देउसी भैलो तथा सोरठी गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।
अर्घाखाँची समाज जापान द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया