
काठमाडौं । कोशी प्रदेशबाट उत्पन्न किचलोकै कारण सत्ता गठबन्धनमा विवाद नहोस् भनी शीर्ष नेताबीच गठबन्धनलाई जोगाएरै अघि बढ्ने सहमति भएको छ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाएरै अघि बढ्ने सहमति भएको हो।
छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रष्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रतिबद्धता पत्रमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका छन्।