२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

अर्घाखाँचीः पाली प्रहरी चौकी भवनको शिलान्यास

Workplace

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ८ पालीमा नबनिर्मित प्रहरी चौकी भबनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । आइतबार पाणिनी गाउँ पालिका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको उपस्थितीमा प्रहरी चौकीको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा अतिथिहरुले अब नजिकबाट पाणिनीका जनताले शान्ति सुरक्षाको अनुभुती गर्न पाउने बताएका थिए । संघिय सरकारको नियमित बजेट अन्तरगत कुल २ करोड ९९ लाखमा सम्झौता गरि अर्जुन बिल्डर्स कन्ट्र्क्सन प्राली गुल्मीले भवन निमार्णको जिम्मा लिएको छ । यहि पौष ७ गते सम्झौता भएको र २०८० पौष ६ गते भवन निमार्ण गरिसक्नुपर्ने जानकारी प्राप्त भएको हो ।

सिलन्यास कार्यक्रममा पाणिनि गाउँपालिका वडा न.७ का वडा अध्यक्ष गुनाखर अधिकारी, वडा न. ८ का वडा अध्यक्ष रोम बहादुर पान्डे, साइड इन्जिनियर प्रनि बिमल कार्की, जिल्ला प्रहरी कार्यालयका लेखापाल ओम खड्का, निर्माण ब्याबसायी बिजय खनाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य, जिल्ला अध्यक्ष अशोक खनाल तथा स्थानीयहरुको उपस्थित रहेको थियो ।

भवन शिलान्यास कार्यक्रममा सहभागी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै