३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

Workplace

बुटवल, १७ मंसिर । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न क्यान महासंघ रुपन्देहीको २१ आंै साधारण सभा तथा ११ औं अधिवेशनबाट माधव अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर क्षेत्री, उपाध्यक्षमा जीवन अधिकारी, सचिवमा सुरेशचन्द्र भट्टराई, कोषाध्यक्षमा सुवास घिमिरे, सहसचिवमा कमलाकुमारी बस्नेत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रमेशप्रसाद घिमिरे, रघुप्रसाद खनाल, पार्वती श्रेष्ठ, सुदीप ढकाल, सुरज भट्टराई, विष्णुप्रसाद गौतम, नारायण अधिकारी, कृष्णप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरुमा नारायणप्रसाद श्रेष्ठ, नारायणप्रसाद खनाल, रामुदेव गौतम, माधव अर्याल, वीरबहादुर क्षेत्री, जीवन अधिकारी र रेश्मीराज घिमिरे निर्वाचित भएको निर्वाचन समितिका सदस्य अधिवक्ता ओमप्रसाद पंगेनीले जानकारी दिए । यस अघि साधारणसभाको उद्घाटन समारोहमा बोल्दै क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले क्यान महासंघले अन्तर्राष्ट्रिय रुपमा सम्पर्क सम्बन्ध बढाउँदै लगिरहेको बताए । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष हेमन्त चौरासिया, प्रदेश सचिव नारायण खनाल, पूर्व जिल्ला अध्यक्ष लोकहरि पाण्डे लगायतले बोलेका थिए ।

साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष रामुदेव गौतम र आर्थिक प्रतिवेदन सुवास घिमिरेले प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष रामुदेव गौतमको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव जीवन अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै