२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

नेकपा (एस) धन्चौरको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न

Workplace

हृदय भुसाल अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी) भुमिकास्थान वाड १० धन्चौरको आयोजनामा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न भएको छ । महिला शसक्तिकरणका लागी तिज गित भन्ने मुलनाराका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न सघ सस्थाहरुको सहभागीता रहएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं पार्टी केन्द्रिय सदस्य पिताम्बर भुसालले पुराना कला सस्कृतीको जग्रेर्ना गर्दै लैजानु पर्ने भन्दै महिला अधिकारलाई प्रत्याभुति गर्न सबै एक भयर लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष राम बहादुर चौहानले अधिकारको लागी समाजबादी पार्टीले आबाज बुलन्द गर्दै आएको भन्दै पार्टीले जनताको पक्षमा सधै काम गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तारापती भट्टराई पार्टी जिल्ला उपाध्यक्ष सुमित्रा मुखिया,जिल्ला कमिटी सचीव युबराज पौडेल ,हृदय भुसाल लगायतले शुभकामना मनतब्य राख्नुभएको थियोे ।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य झबिलाल भट्टराई,भोजन गुरुङ,सुधीर नेपाली नगर सचिब दुर्गा भट्टराई,जिल्ला सदस्य अर्जुन बुढामगर,युवा संघ केन्द्रिय सदस्य तेजुलाल भट्टराई,टान प्रसाद भट्टराई बिनाराम भट्टराई काग्रेस वाड सचिब धर्म भट्टराई, पुण भट्टराई,बुद्धि भट्टराई,माओवादी केन्द्र अध्यक्ष कमल उचाई सचीव प्रेम भट्टराई जनमोर्चाका प्रतिनिधि भिमलाल भुसाल बिनोद गैरे लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रमा सुपादेउराली आमा समूह प्रथम,नमुना आमा समूह दितिय, पाकु युवा समूह तृतीय र सरस्वती निमाविको टिम सान्त्वना भएको थियो । कार्यक्रम वाड कमिटी अध्यक्ष सुभ बहादुर समालको अध्यक्षता सचिब नवीन घमको संचालन तथा उपाध्यक्षको स्वागत मनतब्यमा सम्पन्न भएको थियो । प्रतियोगि टिमलाई नगद,र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै