हृदय भुसाल अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ मा संचालित योजना तथा कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा कार्यक्रम तथा २०७९÷८० को वार्षिक नगर बिकास पुस्तिकाको बिमोचन कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका भित्रका सबै वडा तथा विषयगत शाखा ले प्रगति प्रतिबेदन पेस गरि समिक्षा सहित कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख झबिलाल थापाले जनताले अनुभुती गर्ने गरि काम गरिएन भने,प्रगति नहुने बताउनु भयो। थापाले भन्नुभयो, समग्र बिकासको अबस्था बारे बुझन गाउँ फक्रेर हेर्नुपर्छ, भएको बिकास तथा निर्माण कार्य पनि ब्यबस्थित सरक्षण नहुदा जिर्ण हुने अबस्था आएको छ, सबै कामको समिक्षा गर्दै अगाडी बढनु पर्ने बताउनु भयो । नगर प्रमुख थापाले जनताको सहभागीतामा सतःप्रतिशत काम हुने गरि अगाडी जाने बताउनु भयो ।
नगर उपप्रमुख बालकृष्ण बन्जाडेले जनताको माग र आबश्यकताको आधार बिकास निर्माणको काम अगाडी बढाउने भन्दै सबैको सहयोग बाट समृद्ध नगर बनाउन लाग्ने बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउतले सबै सरोकारवालामा काम गर्ने इच्छा शक्तिको कमि साथै सतप्रतिशत उपलब्धि हासिल गर्न नसक्न्नु मा अनुभवको समेत कमि रहेको भन्दै राउतले कर्मचारीहरुले भएको काम तथा सत्य तथ्य डाटा,यथार्थ प्रगति प्रतिबेदन मात्र पेस गर्नु पर्ने बताउनु भयो । राउतले सबै पक्ष बिकासका लागी एक भएर अगाडी बढनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नगरपालिका जनप्रतिनिधि,राजनीति दलका प्रमुख तथा प्रतिनिधि,कर्मचारी पत्रकार हरुको उल्लेख्य सहभागीता रहेको थियो ।समिक्षा कार्यक्रममा योजना शाखाका प्रमुख तथा कार्यक्रम अधिकृत हरिसचन्द्र भुसाल सहित सबै सबै शाखाका प्रमुख साथै १० वटै वाड सचीबहरुले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रम नगर प्रमुख झबिलाल थापाको अध्यक्षता हरिशचन्द्र भुसालको स्वागत तथा शेसकान्त घिमिरे ओशनको संचालनमा सम्पन्न भएको थियो ।