
नवीन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी ६ मा पर्ने सिद्वार्थ माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरुद्वारा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई बिदाई गरिएको छ । बुधबार कक्षा ११ द्वारा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अर्यालले सम्पूर्ण विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाई भएर जान लागेका सम्पूर्ण विद्यार्थीहरलाई शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच शिक्षक अभिभावक संघका अध्यक्ष थम्मन श्रीस र विद्यालयका प्रधानध्यापक राम बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

