श्रृजनशिल अपाङ्गता सराेकार केन्द्र अर्घाखाँची द्वारा नियमावली हस्तान्तरण

२१ मंसिर २०७८
हिम लेकाली, अर्घाखाँची ।
श्रृजनशिल अपाङ्गता सराेकार केन्द्र अर्घाखाँचीले जिल्ला स्थित यातायात ब्यबसायी समितिलाई अपाङ्गता सराेकारका बिषयमा नियमावली बुझायकाेछ ।
संस्थाका अध्यक्ष फर्शुराम पाण्डेले एक कार्यक्रम बिच पश्चिम नेपाल यातायात बस ब्यवसायी प्रा .लि. का प्रमुख कमल प्रसाद भट्टराई र देउराली यातायात अर्घाखाँची प्रा.ली . का प्रतिनिधि शिवलाल पाण्डे , लंका यातायात प्रा.लि . का नारायण भट्टराई लाई नियमावली हस्तान्तरण गर्नु भएको छ ।
हस्तान्तरण कार्यक्रममा राेहवरकाे रूपमा गैर सरकारि संस्था महासंघ का अध्यक्ष ठाकुर अधिकारी , नेपाल पत्रकार महासंघका नि बर्तमान अध्यक्ष हिम लेकाली , महासंघ सह सचिव अनिल नेपाली , काेषाध्यक्ष रूद्रमणि भुसाल ,अर्घाखाँची डट कम का प्रबन्धक मेहर के.सि ,सुरक्षाकर्मीहरू ,अपाङ्गता भएका ब्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
नेपाल राजपत्र भाग ३ मा अपाङ्गता भएका ब्यक्तिकाे अधिकार सम्बन्धि नियमावली २०७७ लागू भई सक्दा पनि सार्वजनिक यातायातमा अपाङ्गता भएका ब्यक्तिहरूका अधिकार सुनिश्चित नभएको भन्दै सराेकार बाला संस्थाहरूले बारबार अावाज उठाउँदै अायका छन् । उनिहरूले कहिलेकाहि बसमा छुट भए पनि सिधा साधा निमुखा हरू ले छुट नपायकाे गुनासाे गरेका छन् ।उनिहरू ले छिट्टै सिट अारक्षण र सबै लाई समानरूपले व्यवहार र छुट हुनु पर्ने माग राख्दै अायका छन् ।
अपाङ्गता भएका ब्यक्तिकाे परिचयपत्रका अाधारमा सार्वजनिक यातायातका साधनमा ५०% छुट दिनु पर्ने कानूनले ब्यबस्था रहेकाे छ ।

यसै सन्दर्भ मा समबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेकाे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मा बसेकाे यातायात ब्यबसायीकाे बैठकले जिल्लामा यातायात क्षेत्रमा भएका समस्या तथा चुनाैतिकाे बारे छलफल गरेकाे छ ।
बैठक ले राताे नं. प्लेटका सवारि साधनले भाडाका यात्रुहरू बाेक्दा दुर्घटनाकाे जाेखिम हुने तथा नियमनमा समस्या हुने भएकाेले कानून बिपरितका गतिविधि गर्ने सबारि साधनलाई कानुन बमोजिम कारबाहि गर्ने ,साथै भाडामा यात्रु बाेक्ने ट्याक्सि मा मिटर जडानका लागि समितिलाई अनुराेध गर्ने निर्णय लिएकाे छ ।

बैठकले अपाङ्गता भएका ब्यक्तिहरू लाई सार्वजनिक सवारि साधनामा यात्रा गर्दा दिईने छुट र सिट छुट्याउने कानूनि ब्यबस्थालाई कार्यान्वयन गर्न सराेकारबाला लाई जाेड दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img